नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८

नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत इन्सेकले २६ वर्ष देखि देशका सबै जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गरिरहेकाे
छ। इन्सेकका ७७ जिल्लामा रहेका प्रतिनिधि यस पुस्तकका आधारस्राेत हुन्। इन्सेक प्रतिनिधिले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाकाे प्राथमिक सूचना सङ्कलन गछर्न्
र त्यस्ता घटनाकाे पुष्टि तथा पुनर्पुष्टिका लागि प्रहरी, स्थानीय प्रशासन, राजनीतिक दल, मानव अधिकारकर्मीतथा सङ्घ÷संस्थालगायतसँग सहयाेग लिन्छन्। जिल्ला प्रतिनिधिले
यसरी पठाएका घटना सातै प्रदेश समेट्ने गरी पाँच स्थानमा स्थ ापना गरिएका इन्सेकका कार्यालयकाे डाटाबेसमा समाविष्ट गरिन्छ। वर्षकाे दुर्इ पटक आयाेजना गरिने सम्पादन भेला तथा सबै जिल्लामा आयाेजना गरिने पूर्व समीक्षा बैठकहरूबाट प्राप्त सुझावहरूका आधारमा घटना विवरणलार्इ अन्तिम रूप दिइन्छ। नेपाल मानव अधिकार वर्ष पुस्तकले यसरी गर्ने अभिलेखीकरणले देशकाे समग्र मानव अधिकार अवस्था उजागर गर्छ।