संक्रमणकालीन न्याय मृगतृष्णा नबनोस् : इन्सेक

http://oceanadesigns.net/images/granite/bianco-gita/bianco-gita.jpg काठमाडौं–गैर सरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अध्यादेशमार्फत सत्यनिरुपण तथा मेलमिलाप आयोगको म्याद थप्ने सरकारको तयारी पीडितहरुका लागि संक्रमणकालीन न्याय मृगतृष्णाबाहेक अरु कही हुन नसक्ने बताएको छ । 

go to site इन्सेक अध्यक्ष सुवोधराज प्याकुरेलले एक विज्ञप्ति जारी गर्दै आन्तरिक किचलो, दलगत स्वार्थ, सीप तथा क्षमताको अभाव, आवाश्यक ऐन, कानुन तथा विनियमहरुको अभावले आयोग निकम्मा सावित भएको उल्लेख छ । 

http://regalosnovedosos.com/product/billetera-cinturon/ त्यस्तै इन्सेकले आयोगको म्याद थप्नु अगाडि सर्वोच्च अदालतको परामदेश,संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्च आयोगको कार्यलय , पीडित तथा मानवअधिकार संस्थाहरुले दिएको सुझावका आधारमा आयोगको ऐनमा रहेको त्रुटि सच्चाउने बेला समेत यहि भएको जनाएको छ । 

http://ratopati.com/story/28844#newsf9nhv