२०७५ चैत १८ गते

आइतबार साँझ बारा र पर्सा जिल्लामा पानीसँगै आएको हावाहुरीका कारण जनधनको क्षति भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । यस अकल्पनीय विपत्मा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।

बारा जिल्लाको भलुही, परैनिया परसौन, बिजबनियाका साथै पर्साको वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा गरी २८ जनाको मृत्यु भइसकेको र ६ सयभन्दा बढी घाइते भएको समाचारहरूमा जनाइएको छ । घटनामा घाइते हुनेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन तथा राहत र पुनस्र्थापनाको उचित प्रबन्ध गर्न सरकारसँग अनुरोध गर्दछौँ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले यसको प्रदेश २ कार्यालय, जनकपुर र बारा जिल्ला प्रतिनिधिमार्फत उद्धार, खोजी र राहत कार्यको अभिलेख राख्ने तथा स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने कार्य शुरुआत गरिसकेको जानकारी गराउन चाहान्छौँ ।

डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष