प्रेस विज्ञप्ति
 
पूर्ण प्रेस स्वतन्त्रताको माग गर्दै नेपाल पत्रकार महासंघको आव्हानमा आज काठमाडौंको रत्नपार्कमा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रममाथि प्रहरी हस्तक्षेप गरी व्यापक धरपकड गरिएको घटनाको हामी घोर भर्त्सना गर्दछौं । घटनामा सादा पोशाकका सुरक्षाकर्मीहरुको व्यापक प्रयोगप्रति आपत्ति जनाउँदछौं ।
 
शान्तिपूर्वक भेला भई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि संर्घषरत पत्रकारहरुमाथि गरिएको यस प्रकारको धरपकडले मानवअधिकारका आधारभूत मान्यता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको छ । यस प्रकारको प्रहरी ज्यादतिप्रति विरोध जनाउँदै गिरफ्तार गरिएका सम्पूर्ण पत्रकार तथा मानवअधिकारकर्मीहरुको यथाशीघ्र रिहाईको माग गर्दछौं । साथै, मौलिक नागरिक अधिकारका निम्ति भएको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदछौं।

 

 

 

सुबोधराज प्याकुरेल

अध्यक्ष