२०७५ माघ ४ गते

वार्ताका माध्यमबाट समस्याको समाधान गर

माथेमा आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक पारित गरिनुपर्ने लगायतका ६ बुँदे माग राखी गत पुस २५ गतेदिख इलाममा अनसन बस्नुभएका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि माघ ४ गते बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको आइसीयुमा भर्ना गरिएको छ । उहाँको स्वास्थ्य अवस्था कमजोर भएको भनी प्रकाशित भएका समाचारहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

एक सुत्रीय माग राखी २०६९ असार २१ गते पहिलो पटक अनसन बस्नु भएका केसीको यो १६ औँ अनसन हो । सरकारसँग गरिएका सहमति कार्यान्वयन नभएको डा. केसीले बताउँदै आउनु भएको छ । समस्या समाधानको उपर्युक्त बाटो भनेकै वार्ता हो । वार्ताका माध्यमबाट जुनसुकै माग र समस्या समाधान गर्न सकिनेतर्फ सरकार र अनसनरत डाक्टर केसीको ध्यानाकर्षण गराउँदै यस्ता अनसनको श्रृङ्खला फेरि दोहोरिन नदिने गरी सार्थक वार्ता र सहमतिका लागि आग्रह गर्दछौँ ।

Dr. Indira Shrestha

डा. ईन्दिरा श्रेष्ठ

अध्यक्ष