“प्रकाश मानव अधिकार पुरस्कार २०७४”

दाइजो प्रथा विरोधी अभियन्तालाई !

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले “२४ औँ प्रकाश मानव अधिकार पुरस्कार“बाट दाइजो प्रथा विरोधी अभियन्ता यमुनामाइMr. Mahammad Maqusud Rankey गाउँपालिका-५, रौतहटका श्री महम्मद मकसुद राँकीलाई सम्मान गर्ने निर्णय गरेको छ । इन्सेक कार्यसमितिको २०७५ साउन १० गते सम्पन्न बैठकले विगत एक दशकदेखि मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील श्री राँकीलाई “प्रकाश मानव अधिकार पुरस्कार २०७४” बाट सम्मान गर्ने निर्णय गरेको थियो ।

प्रदेश नं. २ का माननीय मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा साउन १६ गते जनकपुरधाममा सम्पन्न हुने एक समारोहका बीच श्री राँकीलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।

इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित “प्रकाश मानव अधिकार पुरस्कार“बाट यसअघि २३ जना सम्मानित भइसक्नु भएको छ । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार रुपियाँ प्रदान गर्ने गरिएको छ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष