आवश्यकता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रतिनिधि आवश्यक भएकोले इच्छुक उम्मेदवारले २०८० चैत ८ गतेसम्ममा आफ्नो व्यक्तिगत विवरण (BIO-DATA), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रसहित निवेदन दिन आह्वान गरिन्छ ।
उम्मेदवारको न्यूनतम योग्यता
१. स्नातक तह वा सो सरह उत्तीर्ण भई मानव अधिकार तथा पत्रकारिताको क्षेत्रमा कम्तीमा दुई वर्षको कार्य अनुभव भएको वा प्रमाण पत्र तह उत्तिर्ण भई मानव अधिकार तथा पत्रकारिताको क्षेत्रमा चार वर्षको कार्य अनुभव भएको ।
२. सम्बन्धित जिल्लाको बासिन्दा हुनुपर्ने ।
३. महिला, आदिवासी–जनजाति, दलित वर्गलाई विशेष प्राथमिकता दिइनेछ ।
४. कम्प्युटर टाइप, इमेल तथा इन्टरनेट चलाउन सक्ने ।
५. स्वतन्त्र भूमिका निर्वाह गर्न सक्ने, सबै राजनीतिक दलसँग समदूरीको सम्बन्ध भएको ।
६. स्थानीय सरोकारवालासँग समन्वय र सहकार्य गर्न रुची भएको ।
निवेदन पठाउने ठेगाना
इमेलः hetauda@insec.org.np
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
बागमती प्रदेश कार्यालय, काठमाडौँ