अभिमुखिकरण कार्यक्रम सम्पन्न
सुर्खेत । २०७७ माघ २२ गते
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको समन्वय तथा एफएचआई ३६० र सुन्दर नेपालको आयोजनामा वीरेन्द्रनगर नपाको मानव अधिकार सम्बन्धी सूचना व्यवस्थापन प्रणाली अभिमुखिकरण कार्यक्रम माघ २२ गते वीरेन्द्रनगरमा सम्पन्न भयो । मानव अधिकार सम्बन्धीका सूचनालाई व्यवस्थित गरी वीरेन्द्रनगर नपाका सेवाग्राहीहरूलाई सहज रूपमा सेवा प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको एफएचआई ३६० का सन्तोष सिग्देलले बताउनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर नपाका उपप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरका सेवाग्राहीहरूलाई प्रदान गरिने सेवाप्रवाहलाई व्यवस्थित गर्न र मानव अधिकारमैत्री सेवा उपलब्ध गराउन यस अभिमुखिकरणले सहयोग पुग्ने उल्लेख गर्नुभयो । वीरेन्द्रनगर नपाका कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक विकास र सूचना शाखाका प्रमुखहरू र अन्य कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रमको सहजीकरण इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले गर्नु भएको थियो ।
दुर्गा थापा