अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
चितवन । २०७९ असार ६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनको आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को लागि अर्ध वार्षिक पूर्व समीक्षा’ कार्यक्रम असार ६ गते भरतपुरमा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२२ को जनवरीदेखि जुन १५ सम्म जिल्लामा अभेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस अवधिमा मानव अधिकार उल्लङ्घनका ६६ ओटा अभिलेख भएको इन्सेक चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिनु भयो । इन्सेक प्रतिनिधि अधिकारीले पछिल्लो साढे पाँच महिनामा तीन जना महिलाको बलात्कारपछि उपचारको क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।
त्यस्तै, हत्याका दुई, हत्या प्रयास दुई, बलात्कार प्रयास एक, बहुविवाहका ११, आत्महत्या दुरुत्साहनका तीन र जनप्रतिनिधिले दुव्र्यवहार गरेका एक घटनाको अभिलेख यस अवधिमा इन्सेकले गरेको छ । यस अविधमा चार जना महिला र २५ जना बालिकामाथि बलात्कारका घटना भएको पाइएको छ । जसमध्ये पाँच ओटा बलात्कारका घटनामा शिक्षक नै पीडक छन् । समीक्षा कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले मानव अधिकारको संरक्षण र सम्बर्धनमा प्रहरी सँधै सक्रिय रहेको भए पनि महिलामाथि हुने हिंसाका घटनामा कमी आउन नसकेको स्वीकार गर्नु भयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा