आत्महत्या रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
सुर्खेत । २०८० असोज २४ गते
विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा मानव अधिकार रक्षक बीच आत्महत्या रोकथामसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा असोज २३ गते वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरक्रिया कार्यक्रममा आत्महत्या रोकथाम लागिगर्न सकिने प्रयास र मानसिक रोगको पहिचानका विषयमा सुर्खेत स्थित २५ जना सहभागीहरुसँग अन्तरक्रिया गरिएको इन्सेक अधिकार–२ परियोजनाका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले आत्महत्याको मुख्य कारण मानसिक समस्या भएकोले व्यवहारमा सकरात्मक हुनुपर्ने बताउनुभयो ।उहाँले आत्महत्या रोकथामका लागि मानव अधिकार रक्षकहरुले समुदायमा सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले सामाजिक, आर्थिक र अचेतनाका कारण समाजमाआत्महत्याको दर बढ्दो रहेकोले त्यसको न्यूनिकरणका लागि सरकारी तवरबाट पनि ठोस नीति तथा कार्यक्रम ल्याई सचेतना जगाउनु पर्नेमा जोड दिनुभयो । उहाँले अरुको अधिकारको लागि वहस, पैरवी गर्ने मानव अधिकार रक्षकहरु प्नि मानसिक समस्याको जोखिममाहुन सक्ने भएकोले त्यसको जोखिम न्यूनिकरण गर्नका लागि यो अन्तरक्रियाको आयोजना गरिएको बताउनुभयो । कार्यक्रमका सहभागी पत्रकार र मानव अधिकार रक्षक सञ्जालका प्रतिनिधिहरुले आत्महत्या न्यूनिकरण गर्नमा सरकार, समुदाय र नागरिक समाज एक ढिक्का भएर लाग्नुपर्ने सुझाव दिएका थिए ।
जगतदल जनाला विक