आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्राप्त नभएसम्म मानव अधिकारको अनुभूति गर्न नसकिने

रुपन्देही । २०७८ साउन १ गते

आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार प्राप्त नभएसम्म मानव अधिकारको अनुभूति गर्न नसकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीको आयोजनामा असार ३१ गते बुटवलमा आयोजित मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्क्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमका  वक्ताहरूले उक्त कुरा बताएका हुन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका निमित्त प्रमुख सन्तोष आचार्यले मानव अधिकारको सङ्क्षण र प्रबद्र्धनमा राज्य उम्कन नहुने बताउदै आम नागरिकको सुरक्षा र सङ्रक्षण गर्ने दायित्व राज्यको भएको बताउनु भयो । नागरिकका आधारभूत आवश्यकताहरूको परिपूर्ति राज्यले गर्नु पर्ने र नागरिकहरूले पनि आफ्नो कर्तव्य प्रति सचेत हुनु पर्ने बताउनु भयो ।

गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्माले महिला र बालिकाहरू अहिले पनि  असुरक्षित रहेकोले  यस  विषयमा राज्य गम्भीर हुनुपर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान उपाध्यक्ष दिनेश पाण्डेले पत्रकारहरूले समाचार लेखेकै भरमा दुर्व्यवहार खेप्नु परेको बताउनु भयो । अधिवक्ता युवराज कंडेलले नागरिकको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारहरूको प्राप्ति नहुँदासम्म मानव अधिकारको सुनिश्चितता हुन नसक्ने बताउनु भयो । नागरिक सम्वाद केन्द्रका प्रमुख अभिवक्ता हेमा न्यौपानेले इन्सेक मानव अधिकारको ऐना भएको बताउदै   समाजमा घटेका घटनाहरूको अभिलेख र मानव अधिकार संस्कृतिको विकास गर्नका लागि इन्सेकले महत्वपूर्ण काम गरेको बताउनु भयो । मानव अधिकार रक्षक सञ्जाल, रुपन्देहीका अध्यक्ष समुद्र जिसीले इन्सेकले मानव अधिकारको सङ्रक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै आम नागरिकको सुरक्षा र सङ्क्षण गर्ने काम राज्यको भएकोले राज्यलाई जवाफदेही बनाउनका लागि इन्सेकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

रीमा बिसी