इन्सेकको आयोजनामा बाल विवाह र लैंगिक हिंसा विरूद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन

बाँके । २०८० फागुन २२ गते

गाउँपालिका–४ जानकी माविमा इन्सेकद्वारा गठित बाल अधिकार समूह र मानव अधिकार सचेतना समूह खजुरा इन्सेकको आयोजनामा बाल विवाह र लैंगिक हिंसाविरूद्ध सचेतनामूलक सडक नाटक फागुन २२ गते प्रदर्शन गरेको छ । जानकी माविका सहायक प्रधानाध्यापक ललितबहादुर खत्रीले विद्यालयमा बालबालिकाहरूको ज्ञान सीप क्षमता अभिबृद्धि हुने र समुदायमा सचेतना फैलाउनमा सहयोग गर्ने गरेको बताउनु भयो ।

जानकी गाउँपालिका अधिकृत जीतबहादुर श्रेष्ठले समुदायमा दाइजोको कारण घरेलु हिंसा बढी हुने भएकाले समुदायमा भएको वाल विवाह, दाइजो प्रथा र घरेलुहिंसाविरुद्धसडक नाटक  मार्फतबाट समुदायलाई सचेत बनाउने काम गरेको बताउनु भयो ।

इन्सेकले विगत दुई वर्षदेखि मानव अधिकार गठन गरि उक्त विद्यालयमा विभिन्न सचेतनात्मक तथा बालबालिकाहरूको क्षमता अभिबृद्धि गर्ने, समुदायमा सचेतना गराउदै आएको जसको प्रभावले बालविवाह र घरेलुहिंसा न्यूनिकरणमा सहयोग पुग्ने इन्सेक जिल्ला सहजकर्ता लक्ष्मी थारूले बताउनु भयो ।

ध्रुबराज शर्मा