इन्सेकको टोलीद्वारा निर्वाचन पूर्वको अवस्था बारे सर्लाहीका प्रजिअसँग छलफल
सर्लाही । २०७९ कात्तिक २८ गते
आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पुर्वको अवस्था बारेमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालाहरुसँग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) निर्वाचन पर्यवेक्षकको एक टोलीले कात्तिक २८ गते छलफल गरेको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान नेतृत्वको टोलीले जिल्ला प्रशासक कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई भेटघाट गरी निर्वाचनको पूर्व तयारीको अवस्थाका बारेमा जानकारी लिनु भएको हो । प्रमुख जिल्ला अधिकारी गौतमले जिल्लामा मतदान अधिकृत लगायत कर्मचारीहरु खटाउने कार्य भइरहेको जानकारी दिनु भयो । सिमित श्रोत साधनमा निर्वाचनको तयारी गरिहेको उहाँले उल्लेख गर्नु हुँदै अपाङ्गता भएको व्यक्तिहरुलाई छुट्टाछुट्टटै ह्यील चेयरको व्यवस्था गर्न नसकिने बताउनु भयो ।
जेष्ठ नागरिकहरुको मतदान गर्ने व्यवस्था मिलाइएको, मतादन हुने स्थानमा तोकेको समयमा नै शान्ति सुरक्षाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भएको छ । यसैबिच इन्सेक मधेस प्रदेश कार्यालयबाट सर्लाही जिल्लामा निर्वाचन पर्यवेक्षणमा खटिएका पर्यवेक्षकहरुको अभिमूखिकरण कात्तिक २८ गते सम्पन्न गरिएको छ । अभिमुखिकरणको सहजिकरण गर्दै इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले सहि, सत्य तथ्यमा आधारित रहेर निर्वाचन पर्यवेक्षण गर्न उल्लेख गर्दै पर्यवेक्षणको महत्व, पर्यवेक्षकको मर्यादा र पर्यवेक्षकको दायित्वको सन्र्दमा जानकारी गराउनु भएको छ । इन्सेकका कार्यक्रम फोकल पर्सन बरूण बस्यालले पर्यवेक्षकहरूले तयार गर्नु पर्ने निर्वाचन प्रतिवेदनबारे जानकारी गराउनु भएको थियो ।
बुधन साह