इन्सेकद्वारा परियोजना सञ्चालित क्षेत्रको अनुगमन

बर्दिया । २०७७ फागुन ६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रिय कार्यालय र लुम्बिनी प्रदेश कार्यालयको टोलीले परियोजना सञ्चालित क्षेत्रको चैत ५ गते अनुगमन गरेको छ । मानव अधिकार शिक्षा कार्यक्रम प्रमुख मदन पौडेल र इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले जिल्ला र  स्थानीय तह सरोकारवाला तथा मानव अधिकार निगरानी समूहका सदस्यहरूलाई भेटघाट गर्नु भएको थियो ।

अनुगमन टोलीसँगको कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालयका एसपी  इश्वर कार्कीले बर्दिया राष्ट्रिय निकुञ्ज वरिपरिका जनताहरूको जङ्गलसँग जीवन जोडिएको जङ्गली जनावारबाट असुक्षित भएको बताउनु भयो । आर्थिक अवस्था कमजोर रहेका कारण आत्महत्याको घटना बढेको र मानव बेचबिखन तथा ओसार पसार घटना हुने गरेको अनुसन्धानबाट देखिएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले इन्सेकले मानव अधिकारको क्षेत्रमा गरिरहेको कार्यले मानव अधिकारको अवस्था उजागर गर्न, समुदायलाई सचेत बनाउन र सम्बन्धित निकायलाई जवाफदेही बनाउन सहयोग पुगेको  बताउनु भयो ।

बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले इन्सेकले मानव अधिकारको क्षेत्रमा गरिरहेको कार्यले सचेत बनाउने गरेको र इन्सेकसँग जहिले पनि सहकार्य गर्न तयार भएको बताउनु भयो । अनुगमन टोलीले मानव अधिकार समूहका पदाधिकारीसँग छलफल गरेको थियो । समूहका संयोजक हरिबहादुर घर्तीले इन्सेकको सहयोगमा स्थानीय तहका मानव अधिकारका सवाल पहिचान गरी सम्बन्धित निकायलाई जवाफदेही बनाउन महत्वपूर्ण कार्य गर्न सफल भएको बताउनु भयो ।

मानबहादुर चौधरी