इन्सेकद्वारा बालिकाहरूलाई लैंगिक हिंसा विरुद्ध चेतनामुलक कार्यक्रम
जुम्ला । २०७९ मङ्सिर २३ गते
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकै क्रममा चन्दननाथ नगरपालिका –२ स्थित कर्णाली माध्यामिक विद्यालयमा ०७९ मङ्सिर २३ गते २० वर्षमुनिका बालिकाहरुलाई लैंगिक हिंसा बिरुद्ध सचेतीकरण गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार रक्षक सञ्जाल जुम्लाको आयोजनामा बालकालिकालाई लैंगिक हिंसा विरुद्ध वरिष्ठ अधिवक्ता देवेन्द्रराज शर्माले सचेतीकरण गर्नु भएको हो । वरिष्ठ अधिवक्त सर्माले बालअधिकार, घरेलु हिंसा, बालविवाह, बहुविवाह, बालिकाहरु माथि हुने यौन हिंसा र बलात्कार घटनाका बारेमा सहजीकरण गर्नु भयो । यस्ताबाट बच्ने उपाय र कानुनी उपचारका विषयमा बालिकालाई सचेतीकरण गरिएको उहाँले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले विद्यालयका पाठ्क्रमसहित अन्य ज्ञानमुलक कुरा पनि पढ्नु पर्ने र सचेत हुनु पर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले भन्नुभयो अहिलेको डिजिटल युगमा धेरै संचार माध्यामबाट जीवन उपयोगी ज्ञान लिन सकिन्छ । ज्ञान मुलक कुरालाई जीवनमा कार्यन्वयन गर्नु पर्दछ । पछिल्लो समयमा डिजिटल माध्यम दुरुपोग गर्ने गरिएको उहाँले बताउनु भयो । यसबाट बालकालिका सचेत हुन जरुरी छ । बालबालिका लागुपदार्थमा फस्ने गरेका छन् । यो अवस्थामा अभिभावक पनि सचेत हुन जरुरी छ । लैंगिक हिंसा बिरुद्धको चेतनामुलक कार्यक्रममा कर्णाली माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा प्रतिक्षा बुढ्थापाले भन्नु भयो धेरै कानुनी कुरा पाठ्यक्रममा समेटीएका हुदैन । यस्तै चेतनामुलक कार्यक्रमबाट हामी जानकारी लिनु हाम्रै लागि फाइदा हुन्छ । कार्यक्रममा ३५ जना बालिकाहरूको सहभागीता रहेको थियो ।
मानदत्त रावल