इन्सेकद्वारा विद्यालय र वैकल्पिक शिक्षण सिकाइको अनुगमन

रुपन्देही । २०७७ असोज १४ गते

 

इन्सेक रुपन्देही, महिला तथा बालबालिका जिल्ला सञ्जाल लगायतले असोज ८, ९ र १० गते  विद्यालय र वैकल्पिक शिक्षण सिकाइको अवस्थाबारे अनुगमन गरेको छ ।

कोरोनाको कहरमा मानव अधिकारको अवस्था र लामो समयसम्म विद्यालयहरु बन्द हुँदा बालबालिकाहरुमा परेको असर र सरकारले सञ्चालन गरेको वैकल्पिक  शिक्षण सिकाइको अवस्थाका विषयमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा रुपन्देही जिल्लाका विभिन्न स्थानीय तहमा  रहेका विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई भेटेर कोरोनाका कारण बालबालिकाहरूमा परेको असर र सरकारले सञ्चालन गरेको पाँच प्रकारको वैकल्पिक शिक्षण सिकाइको प्रभावकारीताका विषयमा अधिकांश बालबालिकाहरू बेखबर रहेका पाइयो ।

कोरोनाका कारण विद्यालयहरू बन्द भएको लामो समय भइसक्दा र यस वर्षको शैक्षिक शत्रको मध्यममा पुग्दासम्म कतिपय बालबालिकाहरूको हातमा पुस्तकहरू पुग्न सकेको छैन, कतिपय विद्यालयहरुमा अझै पनि परीक्षाको नतिजाको विषयमा विद्यार्थीहरु बेखबर भएको अनुगमनको क्रममा  पाइयो ।सरकारले कारोनाका कारण वैकल्पिक शिक्षण सिकाइका पाँच अभ्यासमध्ये रुपन्देहीका मर्चबार क्षेत्र, लुम्बिनी क्षेत्र र रोहिणी गाउँपालिकातिर कुनै पनि विधि लागु भएको नभएको  पाइयो ।

रुपन्देही अधिकांश विद्यालयले विद्यार्थीहरुको परीक्षाफल  दिएको भएपनि अनलाइन कक्षाका विषयमा आफुहरुलाई कुनै जानकारी नभएको कोटहीमाई गाउँपालिका –६ स्थित श्री बोगडी मावि हर्दीका कक्षा १० मा अध्ययनरत उषा गुप्ताले बताउनु भयो ।

तपाईहरूले बैकल्पिक शिक्षण सिकाईका विषयमा सरकारले पढाइरहेको छ भन्नु हुन्छ हामी मर्चचारका विद्यार्थीलाई सरकारले किन विभेद गयो ?” हाम्रो शिक्षकले पनि हामीलाई बताउनु भएन् किन यस्तो भयो ? शहरका सबै बालबालिकाले पढेका छन भन्ने सुन्दा हामीलाई किन जानकारीसम्म भएन् ? यसको जिम्मेवारी निकाय को हो ? उहाँले भन्नु भयो  ।

सोही विद्यालयकै कक्षा ८ मा अध्ययनरत पुष्पा गुप्ता र पुनम लोधले पनि अनलाइन कक्षा र वैकल्पिक शिक्षण सिकाइको विषयमा आजै थाहा पाएको बताउनु भयो । अभिभावक चिन्नु कुमारी लोधले पढन जान पाइन्छ कि पाइदैन्  भनेर छोरीहरूले चिन्ता गर्न थालेको  बताउनु भयो ।

सम्मरीमाई गाउँपालिका पाँचमा रहेको श्री पशुपति आधारभूत माविको कक्षा ५ मा अध्ययनरत रम्भावती लोधको अवस्था पनि बेखबर छन् ।

सोनिया भर श्री मुडिला मावि करौताको कक्षा सातमा अध्ययनरत विद्यार्थी हुन् । उनलाई पनि अनलाइन शिक्षण  सिकाइको विषयमा केही जानकारी छैन।

विद्यार्थीहरूको  शिक्षण सिकाइको विषयमा श्री मुडिला माविका प्रध्यानाध्यापक शैलेन्द्र कुमार राईले सरकारले वैकल्पिक शिक्षा सञ्चालन गर्न परिपत्र गरेको तर आफ्नो क्षेत्रमा टिभी,रेडियो र अनलाइनको पहुँच नहुँदा वैकल्पिक शिक्षण सिकाइ दिन नसकिएको बताउनु भयो । उहाँले हामीले सर्वे गर्देछौ । घरदैलो गरेर भर्ना अभियान सञ्चालन गरिरहेका छौं पढाउन सकिएको छैन अब एउटा तालिका बनाएर जोर बिजोर रुपमा कक्षा सञ्चालन गर्ने तयारी भएको बताउनु भयो ।

सरकारले सञ्चालन गर्न भनेको वैकल्पिक शिक्षण सिकाईको पहुँचमा लगभग ७० प्रतिशत बालबालिका कुनै पनि पहुँचमा नभएको श्री आर्दश मावि मझगाँभाका प्रध्यानाध्यापक शत्रुधन प्रसाद शुक्लाले बताउनु भयो । उहाँले अहिलेको अवस्थामा वैकल्पिक शिक्षण सिकाइको यस क्षेत्रकै चुनौती रहेको बताउनु भयो ।

अनुगमनका क्रममा समुदायमा खासै साबधानीका माध्यमहरू अपनाएको पाइएन, विद्यार्थी भर्ना पूर्ण नभएको ,सबै विद्यालयहरूले पाठ्यपुस्तक बितरण गर्न नसकेको  विद्यार्थी र  अभिभावकसँग कुनै समन्वय र सहकार्य नगरेको पाइयो ।

 

रीमा बिसी