इन्सेकद्वारा शैक्षिक सामग्री प्रदान

सुर्खेत । २०७७ माघ २९ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतले वीरेन्द्रनगर नपा– १२ स्थित अम्मर ज्योति नमूना माविमा अध्ययनरत अविभवाक विहिन २० जना बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बाल अधिकारमैत्री वातावरण प्रबद्र्धन गर्ने उद्देश्यले इन्सेकले माघ २८ गते सो माविमा कक्षा ४ देखि ८ कक्षासम्म अध्ययनरत अविभावक बिहिन तथा सिमान्तकृत समुदायका २० जना बालबालिकाहरूलाई जनहि एक दर्जन कापि, एक दर्जन डटपेन र ज्यामिट्री बक्स प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन दिलबहादुर चौधरीले जानकारी दिनुभयो ।

शैक्षिक सामग्री वितरण गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले फिनल्याण्डका बालबालिकाहरूले खाजा तथा पारिश्रमिक बापत प्राप्त गरेको रकमबाट यस माविमा अध्ययनरत अविभावक बिहिन र सिमान्तकृत समुदायका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको बताउनु भयो ।

अम्मर ज्योति नमूना माविका प्रधानाध्यापक खगेन्द्र थापाले अविभावक विहिन तथा सिमान्तकृत समुदायका बालबालिकाहरूको अध्ययन दिगोपनाको लागि सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा शिक्षक र विद्यार्थीहरूको उपस्थिती रहेको थियो ।

दुर्गा थापा