इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा बैठक सुरू

कास्की । २०७८ असार २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयकोे  आयोजनामा इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा बैठक असार २१ गतेदेखि पोखरामा सुरू भएको छ । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक गण्डकी प्रदेश कार्यालय संयोजक शिव खकुरेलले मानवअधिकार संरक्षण र सम्बर्धनको लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धि कार्यक्रम अन्तरगत गरिएको समिक्षा बैठकमा आगामी दिनमा गर्न सकिने कार्यक्रमहरूको योजनाबारे सुझाव र यस वर्ष भएका उपलब्धिहरूको समिक्षा गरिने बताउनुभयो ।

स्थानीय तहलाई मानवअधिकार मैत्री बनाउने उद्देश्यले सञ्चालित कार्यक्रममा सहजकर्ताको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराकी कार्यक्रम अधिकृत सवनम शर्माले पछिल्लो एक वर्षमा स्थानीय तहमा भएका कार्यक्रमहरूको समिक्षा गरी आगामी वर्षको कार्ययोजना निर्माणका लागि बैठक आयोजना गरिएको बताउनुभयो । उहाँले गरेका कामहरूको सुक्ष्म अभिलेखिकरण गर्नुपर्ने भनाइ राख्नुभयो । बैठकमा कास्की, तनहुँ र नवलपुर जिल्लाका जिल्ला सहजकर्ताहरूले कार्यक्रम सञ्चालित स्थानीय तहमा यस वर्ष सम्पन्न गरेका काम र त्यसबाट भएका उपलब्धिहरूको बारेमा जानकारी गराएका थिए ।

सुशन घिमिरे