इन्सेक प्रदेश कार्यालयद्वारा परियोजना सञ्चालित क्षेत्रको अनुगमन

दाङ । २०७७ फागुन १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङ जिल्लामा सञ्चालित  इएलपी कार्यक्रमको प्रभावका सम्बन्धमा फागुन १७ गते अनुगमन गरेको छ । इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार समूह र बाल अधिकार चेतना समूहका क्रियाकलाप तथा जिल्लामा भएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा छलफल भएको थियो । मानव अधिकार समूह, तुलसीपुरका उपाध्यक्ष हुमाकान्त कडेल लगायत पदाधिकारीसँग भेटगरी समूहले गरेका कामका विषयमा छलफल भएको थियो । साथै छलफलले फागुन ३० गते आवासको अधिकारका विषयमा तुलसीपुर उपमनपा स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी, अश्वारा माविमा गठित बाल अधिकार चेतना समूहको गतिविधि र समूहका पदाधिकारी, शिक्षकहरूसँग छलफल गरिएको छ । विद्यालयमा हुने बाल मैत्री गतिविधि र समस्याका विषयमा छलफल भएको थियो । बाल क्लवका पदाधिकारीहरूले विद्यालयमा शौचालयको समस्या रहेको र सिर्जनात्मक गतिविधि पर्याप्त हुन नसकेको गुनासो गरेका थिए । इन्सेकद्वारा प्रकाशित मानव अधिकार सम्बन्धी पुस्तकहरू इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जकी फोकल पर्सन सरस्वति मल्लले शिक्षक तथा बाल अधिकार चेतना समूहलाई हस्तान्तरण गर्नु भएको थियो ।

जयनारायण पुन