इन्सेक र ब्लुडाइमण्ड सोसाइटीद्वारा विद्यालयमा बाल अधिकार सचेतना कार्यक्रम सम्पन्न

रुपन्देही । २०७९ मङ्सिर १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देही र ब्लुडाइमण्ड सोसाइटी नेपालको सहकार्यमा बिश्व एडस दिवशको अवसरमा मङ्सिर १५ गते इन्भाइरोमेण्ट इङ्गलिस बोडिङ्ग स्कुल मणिग्राममा एक दिने एचआईभी एड्स तथा बाल अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयस्तरका बालबालिकाहरूमा एचआईभी एड्स सम्बन्धी सचेतना जगाउन र बाल अधिकारका विषयमा जागरूक गराउने उद्देश्यले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम सञलन गरेको हो ।

सचेतना कार्यक्रममा एचआइभी एड्सको अवस्था, एचआईभी सर्ने नसर्ने माध्यमहरू, बच्ने उपाय, यौनिक तथा लैङ्गिक अल्पसंख्यकका सवालहरूका विषयमा अधिकारकर्मी आनिक रानाले सहजीकरण गर्नु भएको थियो भने बाल अधिकार र नैतिक शिक्षाका विषयमा  इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले सहजिकरण गर्नु भएको थियो । विद्यालयका स्वास्थ्य फोकल पर्सन छवि श्रीसले बालबालिकाहरूको अतिरिक्त क्रियालापसँगै पुस्तक बाहेकका समसामयिक विषयमा ज्ञान बढोस भन्ने उद्देश्यका साथ एड्स दिवसको सन्दर्भ पारेर बालबालिकाहरूलाई कसरी नैतिकवान र सक्रिय बनाउन सकिन्छ भनेर कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

रीमा बिसी