इन्सेक र सामाजिक विकास कार्यालय कास्कीबिच बालमैत्री स्थानीय शासन प्रवर्धन तथा व्यवस्थापन कार्यक्रम सञ्चालन सम्झौता
कास्की । २०७९ वैशाख ८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक विकास कार्यालय कास्कीबिच बालमैत्री स्थानीय शासन प्रवर्धन तथा व्यवस्थापन कार्यक्रम सञ्चालन सम्झौता वैशाख ६ गते पोखरामा भएको छ । ‘बालमैत्री स्थानीय प्रवर्धन कार्यक्रम सञ्चालनका लागी स्थानीय तह, प्रहरी, विद्यालय लगायत सरोकारवालाहरुबिच समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ,’ सम्झौतामा उल्लेख छ ।
इन्सेक गण्डकी प्रदेश कार्यालय संयोजक शिव खकुरेल र सामाजिक विकास कार्यालय कास्की प्रमुख इन्द्र बहादुर थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्दै स्थानीय तहमा बालबालिकाको सहभागिता र बालअधिकार सवालमा कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । कार्यक्रमका लागी स्थानीय तह छनौट गरी छिट्टै कार्यक्रम सञ्चालन गरिने इन्सेक गण्डकी संयोजक शिव खकुरेलले बताउनुभयो ।
सुशन घिमिरे