उपभोक्ता मञ्चमा इन्सेक प्रतिनिधि सदस्यमा चयन

सुनसरी । २०८० फागुन २२ गते

आम उपभोक्ताको अधिकार संरक्षणका लागि गठन गरिएको उपभोक्ता मञ्च नेपाल, सुनसरी शाखाको सदस्यमा इन्सेक, सुनसरी प्रतिनिधि सदस्यमा चयन हुनु भएको छ । इटहरी उपमहानगरपालिकामा भएको मञ्चको भेलाले अधिवक्ता राजु ढकालको नेतृत्वमा १३ सदस्यीय उपभोक्ता मञ्च नेपाल, सुनसरी शाखा गठन गरिएको छ ।

उपभोक्ता मञ्चले आम उपभोक्ताको अधिकारको निम्ती लड्ने र उपभोक्ता अधिकारलाई प्रत्याभूतका लागि कार्य गर्ने समितिका अध्यक्ष राजु ढकालले बताउनु भयो । उहाँले उपभोक्ता अधिकार प्रत्यक्ष मानव अधिकार भएकाले इन्सेकलाई सदस्यमा चयन गरिएको बताउनु भयो । इन्सेकले सुनसरीम खाद्य अधिकार, वातावरणीय अधिकारलगायतका विषयमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जयकृष्ण यादव