एक वर्ष भित्रमा खरका छाना मुक्त गर्ने प्रतिबद्धता

कपिलवस्तु । २०७७ माघ २६ गते

 

एक वर्ष भित्रमा वडालाई खरको छाना मुक्त बनाउने वडा अध्यक्ष भिष्मराज भुसालले प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारीक क्षेत्र सेवाकेन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह बाणगङ्गाको  समन्वयमा माघ २५ गते आयोजित आवासको अधिकारको अवस्था विषयक अन्तरक्रिया  कार्यक्रममा अध्यक्ष भुषालले आगामी आर्थिक वर्षमा वडालाई खरका छानामुक्त गर्ने प्रतिबद्धता जनाउनु भएको हो । उहाँले आवासको अधिकार अन्तरर्गत नगर  भित्र रहेका दलित तथा विपन्न परिवारका लागि जनता आवास कार्यक्रमसुरक्षित आवास र खरका छाना मुक्त गर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो ।  इलाका प्रहरी कार्यालय कोपवाका सई शिवबहादुर रायमाझीले नागरिकहरूको आधारभुत मानव अधिकार पाप्त गर्ने कुरामा प्रहरीले सहयोग गर्ने र  शान्ति सुरक्षा सँगै गाउँघरमा हुने झै झगडा घरेलु हिंसा भए प्रहरीमा खबर गर्न आग्रह गर्नु भयो ।

पार्वती आचार्य