कानुनी प्रकियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

सुर्खेत । २०८० वैशाख १६ गते

आर्थिक अवस्था कमजोर भइ  कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको वीरेन्द्रनगर– ११ की २५ वर्षीया लक्ष्मीबादी र दैलेखको दुल्लु नगरपालिका घर भइ हाल सुर्खतको वीरेन्द्रनगर–३ वस्ने ३३ वर्षीया रविना खड्कालाई वैशाख १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ । पीडित लक्ष्मीका पति वीरेन्द्रनगर– ११ घर भइ हाल नेपालगंजमा बस्दै आएका २४ वर्षीय सन्तोस कुमार वादीले घरखर्च नदिने, मदिरा पिएर दिनहुँ कुटपिट गर्ने र पटक पटक शारीरिक तथा मानसिक यातना दिदै आएको पीडितको गुनासो छ ।

 

यस्तै, पिडित रविनाका पति रामबहादुर कार्कीले पटक पटक शारीरिक तथा मानसिक तनाब दिदै आएपछि न्यायिक प्रक्रियामा जान बाध्य भएको पिडितको भनाई छ । पीडित दुवै जना ले कानुनी प्रकियामा जानका लागि आर्थिक सहयोगको मागगर्दै इन्सेक कर्णाली प्रदेश कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा दुवै जना पिडितलाई जनही पाँच हजार रुपियाँ सहयोग गर्ने निर्णय भए बमोजिम पीडितलाई सहयोग गरिएको इन्सेकका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले बताउनुभयो । पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको उहाँको भनाई छ ।

प्रभाकुमारी रावत