घरेलु हिंसा घटनाका पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८३ असोज १३ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
धनगढी उपमहानगरपालिका–१७ पथरी घर भई हाल कञ्चनपुर जिल्ला लालझाडी गाउँपानलिका—१ वनवारीस्थित माइती घरमा बस्दै आएकी २८ वर्षीया अनिफुल रानालाई कानुनी प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।
पीडित महिलाको परिवार आर्थिक अवस्था दयनीय भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित महिलाले इन्सेकद्वारा सञ्चालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।
पीडित महिलालाई ३६ वर्षीय पति पप्पु रानाले कुटपिट गरी घर निकाला गरेपछि पीडितले कैलाली जिल्ला अदालतमा ०८३ भदौ २५ गते अंश र सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेको भए पनि आर्थिक अभावका कारण कानुनी प्रक्रियामा जान समस्या भएको पीडितले बताइन् । इन्सेकले गरेको आर्थिक सहयोगका कारण आफूलाई कानुनी प्रक्रियामा जान सहज हुने पीडतले बताइन् ।
आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।
मैनामोती चौधरी
HUMAN RIGHTS NEWS PORTAL







