कार्ययोजना कार्यान्वयनका लागि सहयोग प्रदान

सुर्खेत । २०७७ पुस १३ गते

 

इन्सेक सुर्खेतद्वारा लेकबेसीनपा–९ खाँडदेवी मावि र वीरेन्द्रनगर नपा–१० को जनसेवा माविमा गठित बाल अधिकार चेतना समूहलाई इन्सेकले पुस १३ गते नगद सहयोग प्रदान गरेको छ ।

बाल अधिकार चेतना समूहले तयार गरेको कार्ययोजना सम्पन्न गर्न प्रति समूह ७ हजार ३ सय ७१ रूपियाँ दरले नगद सहयोग प्रदान गरिएको इन्सेक सुर्खेतका सहजकर्ता बिन्दुलाल रेग्मीले बताउनु भयो ।

दुवै माविका बाल अधिकार चेतना समूहले भित्ते पत्रिका प्रकाशन, विद्यालय हाता सरसफाई, हाजिरी जवाफ, बक्तृत्वकला प्रतियोगिता तथा खेलकुद, मनोरञ्जन र स्वास्थ्य सामग्री खरिद गर्ने जस्ता कार्ययोजना निमार्ण गरेको सहजकर्ता रेग्मीले जानकारी दिनुभयो । सहयोग प्रदान कार्यक्रममा बाल अधिकार चेतना समूहका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरूको उपस्थिती रहेको थियो ।

दुर्गा थापा