कार्ययोजना बैठक सम्पन्न
सप्तरी । २०८० मङ्सिर ८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा शम्भुनाथ नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको बाल अधिकार सचेतना समूहले ०८० मङ्सिर ६ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ । नवगठित समूहले कार्ययोजना अनुसार मङ्सिर १०–११ गते सडक नाटक प्रदर्शन गर्ने निर्णय गरेको छ । बाल विवाह, दाइजो प्रथा, महिला हिंसा न्यूनिकरणका निम्ति सडक नाटक प्रभावकारी हुने संरक्षक शिक्षक सुनिल कुमार चौधरीले बताउनु भयो ।
सडक नाटक पछि समुदायमा बाल विवाह, महिला हिंसा, दाइजो प्रथा बारे धारणा परिवर्तन हुने तथा समाजमा सचेतना फैलिने विश्वास बिद्यालयका शिक्षकहरूले गरेका छन् । उक्त कार्यक्रम पछि समाजमा छोराछोरीबीच भइरहेको भेदभाव र महिला हिंसा विरूद्ध चेतना जागृत हूने समूहका अध्यक्ष सन्तोषी कुमारी साहले बताउनु भयो । बैठकको समन्वय गर्दै इन्सेक सप्तरी सहजकर्ता अजय परियारले इन्सेकको परियोजनाले गर्ने काम र उद्देश्यबारे प्रकाश पार्नु भयो ।
मनोहरकुमार पोखरेल