किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी ः उपाध्यक्ष

दैलेख । २०७९ साउन ४ गते

भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको बेस्तडामा आयोजित ‘किशोरीहरूका लागि आत्मरक्षा अनुशिक्षण’ कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । जन्मदिने बाबु र दाजुभाईबाट समेत असुरक्षित हुनुपरेको कैयौं घटनाहरूले हरेक किशोरीलाई आत्मरक्षाको ज्ञान हुनुपर्ने गाउँपालिका उपाध्यक्ष थापाले आवश्यकता दर्शाउनुभयो । उहाँले बेस्तडामा पहिलो पटक भएको ‘किशोरीहरूका लागि आत्मरक्षा अनुशिक्षण’ लाई इन्सेकसँगको सहकार्यमा गाउँपालिकाको नीति योजना कार्यक्रममा समावेश गरेर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसबखत प्रमुख सहजकर्ता सुनिता सुनारले बेस्तडामा किशोरीहरूको उत्सुकतापूर्ण सहभागिता, जनप्रतिनिधि र प्रहरी समेतको चासोले भगवतीमाई गाउँपालिकाको कुनाकन्दरामा अभियान पु¥याउन आफूलाई उत्साह थपेको बताउनुभयो ।

कार्यक्रममा बेस्तडा प्रहरी चौकीका प्रहरी हवल्दार पृथराज महतले विभिन्न किसिमका हिंसा, दुव्र्यवहार र शोषणबाट पीडित महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपाङ्ग लगायतका पिछडिएका समुदायको सुरक्षा र न्यायको निम्ति प्रहरी सधैं तयार रहेको बताउनुभयो ।
ज्वाला मावि बेस्तडाका निमित्त प्रद्यानाध्यापक रामबहादुर थापाले किशोरीहरूको आत्मरक्षा सीपले उनीहरूको आत्मविश्वास र सुरक्षा अनुभूति गराउने भएकाले यसले शिक्षण सिकाई र बौद्धिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कर्णाली प्रदेशमा सञ्चालन भएको ‘अधिकार–२’ परियोजनाबाट प्रशिक्षक प्रशिक्षण प्राप्त आत्मरक्षा सहकर्ता सुनिता सुनारले तयार पार्नुभएका स्वयम्सेवकहरू प्रतिमा थापामगर, कृष्णा थापा र रोशनी थापामगर समेत चार जनाको टोलीले यौनजन्य दुव्र्यहार र बलात्कार प्रयास भएको अवस्थामा जोगिने सीपको अभ्यास प्रस्तूती गर्नु भएको थियो । यौनजन्य दुव्र्यहार र बलात्कारबाट जोगिन अपनाउनुपर्ने सावधानी, मौखिक प्रतिवाद, कुटनीतिक सम्वाद शैली र कानूनी उपचार चार क्षेत्रको उपयोगिता विषयमा चर्चापछि बदनियतले गरिने शारीरिक स्पर्शदेखि बलात्कार प्रयासको बेला जागिने ११ वटा सीप विषयमा प्रयोगात्मक अभ्यास गरिएको थियो ।

अमर सुनार