![DSC_0136-2 DSC_0136-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0136-2.jpg)
![DSC_0084-2 DSC_0084-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0084-2.jpg)
![DSC_0072-2 DSC_0072-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0072-2.jpg)
![DSC_0813 DSC_0813](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0813.jpg)
![DSC_0808 DSC_0808](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0808.jpg)
![DSC_0783 DSC_0783](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0783.jpg)
![DSC_0774 DSC_0774](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0774.jpg)
![DSC_0762 DSC_0762](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0762.jpg)
![DSC_0759 DSC_0759](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0759.jpg)
सुर्खेत । २०७७ कात्तिक २ गते
लेकवेशी नगरपालिकाले कृषि क्षेत्रमा बजेट बढाउनु पर्ने एक कार्यक्रमका सहभागीहरूले माग गरेका छन । इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना अन्र्तगत लेकवेशी नपामा गठित मानव अधिकार समूहको असोज २९ गते सम्पन्न समस्या पहिचान र कार्ययोजना निमार्ण विषयक कार्यक्रमका सहभागीहरूले सो कुराको माग गरेका हुन । सहभागीहरूले वास्तविक कृषकहरुको पहिचान गरी उनीहरूको माग तथा आश्यकताको आधारमा लेकवेशी नपाले बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । कृषिमा निर्भर नपाका व्यावसायिक र अर्गानिक कृषि प्रणाली लागु गर्नुपर्ने उनीहरुको माग छ । लेकवेशी नपाले कृषि क्षेत्रमा हाल विनियोजन गरेको रकम अति न्युन रहेको चर्चा गर्दै थप वजेट विनियोजनकालागि नपा, प्रदेश सरकार र संघिय सरकाले समेत वजेटको दायरा बढाउनु पर्ने समस्या पहिचान गरिएको इन्सेक सुर्खेतका सहजकर्ता बिन्दुलाल रेग्मीले बताउनुभयो ।
यस्तै कार्यक्रममा लेकवेशीमा रहेको सुकुम्वासी समस्या समाधान गर्नुपर्ने, सार्वजनिक विद्यालयहरूले शुल्कलिने गरेको, अनलाइन तथा वैैकल्पिकक्षा सञ्चालन नगरेको, माध्यमिक विद्यालयलाई मात्र अनुदान दिने तथा आधारभुत तहको समस्याको बारेमा सुनुवाई नगरेको सवालहरू पहिचान गरिएको थियो । यसैगरी नगरपालिकामा एम्बुलेन्स सञ्चालन कार्यक्रम प्रभावकारी नभएको, स्वयम् सेविकाहरूले पारिश्रमिक नपाएको र स्वास्थ्यकर्मीहरूको रूखो व्यवहारका कारण बिरामीहरूले उचित उपचार पाउन नसकेको जस्ता समस्या पहिचान गरिएको समूहल् जनाएको छ । मानव अधिकार समूहका अध्यक्ष निरू थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समूहका सदस्य शिक्षक, कृषक, युवा क्ल्वका सदस्य, स्वयम सेविका, नागरिक समाज र समाज सेवीहरूको उपस्थिती रहेको थियो ।
दुर्गा थापा