खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

सल्यान । २०७७ मङ्सिर ३० गते

 

शारदा नगरपालिकामा सरोकारवालाहरूबिच खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २९ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सल्यानको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार नीकायलाई जबाफदेही बनाउने कार्यक्रम (इएलपी) परियोजना अन्तर्गत अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले खाद्य उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उप–प्रमुख तथा न्यायिक समितिका संयोजक सावित्रा बस्नेतले विपन्न वर्गलाइ छाक टार्न समेत समस्या भइरहेको बेला गुणस्तरीय खाद्य उपभोगको कुरा भनाइमा  मात्रै सिमित रहेको बताउनुभयो ।

गुणस्तरीय खाद्य अधिकारका विषयमा बजार अनुमन गर्नुपर्ने ,स्तर खोज्नु पर्ने , लक्षित वर्गलाइ सरकारसँग पहुँच पुर्‍याउन तल्लो टोलसम्म सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने लगायतका कार्यहरू गर्नु पर्ने भएपनि विविध कारणले गर्न नसक्दा समस्या भएको उपप्रमुख बस्नेतको भनाइ थियो ।

कार्यक्रममा कर्णाली कन्सलटेन्सी प्रालीका प्रबन्धक युवराज वलीले सरोकारवालाहरूले खाद्य उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । इएलपी परियोजनाका सहजकर्ता रामचन्द्र रेग्मीको अध्यक्षता र इन्सेक जिल्ला प्रतिनिधी मिना बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरू, अधिकारकर्मी, कृषक, पत्रकार, लगायतको सहभागिता रहेको थियो ।

मिना बुढाथोकी