खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोलखा । २०७८ साउन १ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दोलखाको आयोजनामा खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम असार ३१ गते भीमेश्वर नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रमा नगरपालिकाको खाद्य सुरक्षाको अवस्था कृषि क्षेत्रको प्राथमिकता र कृषि क्षेत्रमा विनियोजित बजेटका विषयमा छलफल भएका थियो । मानव अधिकार समूहका सदस्य, नगरपालिकाका अगुवा कृषक, भीमेश्वर नगरपालिकाको कृषि शाखा लगायतको सहभागिता भएको कार्यक्रकममा खाद्यको अधिकारसम्बन्धी संवैधानिक व्यवस्था विद्यमान नीति र प्रावधानका विषयमा सरोकारवालाहरू जानकारी गराएका थिए । कृषकहरुले नगरपालिकाले कृषिमा बजेट विनियोजन गर्दा ध्यान नदिएको, जंगली जनावार र बादरका कारण कृषि पेशाबाट विस्थापित बन्नु परेको गुनासो गरेका थिए । कृषक कमलादेवी चौलागाईले नगरपालिकाले आधुनिक कृषि प्रणालीको नारा दिए पनि बजेट विनियोजनमा भने कन्जुस्याई गरेका गुनासो गर्नु भयो ।

खाद्य सुरक्षाको ग्यारेन्टि कृषि क्षेत्रबाट हुने भएकाले नगरपालिकाको धेरै क्षेत्र कृषिले ओगटेको तर बजार अभाव, अनुदानबाट वञ्चित भएको, समयमा मल विउ लगायतका सामग्री नपाउने, कृषि अनुदानका बास्तविक किसानले नपाई टाठाबाठा र पहुँचवालाले पाउने गरेको गुनासो कृषकहरूको थियो । कार्यक्रममा नगरपालिका कृषि शाखा प्रमुख राधिका बुढाथोकीले कृषकबाट आएका गुनासो सम्बोध गर्ने प्रतिवद्धाता जनाउनु भयो । कृषि शाखा प्रमुख अधिकारीले १ करोड १० लाख कृषि तर्र्फ बजेट विनियोजित भएको, यस वर्ष सबै अगुवा कृषकलाई आधुनिक कृषि औजार वितरण गर्ने कार्यक्रम रहेको जानकारी गराउनु भयो । साथै उहाँले नगदेवाली खेती गर्ने कृषकलाई बजार पहुँँच कार्यक्रम र बाँझो जग्गामा खेती गर्नेलाई प्रविधि हस्तान्तरण र अनुदानको व्यवस्था, जंगली जनावार बादर नियन्त्रणका लागि नगरपालिका भित्रका सामुदायिक वनहरुमा फलफुल खेती गरिने कार्यक्रम रहेको भन्दै कोभिडका वबला कृषसँग र सरोकारवालासँग प्रत्यक्ष संवाद र क्षलफल गर्न पाएकोमा आयोजकलाई धन्यवाद समेत दिनु भयो ।

उद्धव पोखरेल