खाद्य र शिक्षाको अधिकार विषयक अन्तर्क्रिया सम्पन्न

सिरहा । २०७९ जेठ २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा खाद्य अधिकार विषयक अन्तर्क्रिया कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिकामा जेठ २३ गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) परियोजना अन्र्तगत खाद्यको अधिकार बारे सरोकारवालाहरु बीच अन्तर्क्रिया कार्यक्रमा सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ४ का जिवछ यादवले गाउँपालिकामा ९९ प्रतिशत कृषिमा आधारित भएपनि स्थानीय सरकारले मल तथा खाद्य र विउँको लागि बजार व्यवस्थापनमा पहल नगरेको बताउनु भयो । स्थानीय रामदेव यादवले गहुँको विउँ राम्रो दिएपनि समयमा मल नदिँदा गहुँबाली उत्पादन राम्रो नभएको गुनासो गर्नु भयो । व्यवपारीले हिरा मल जुन गुण्स्तरीय नभएको विक्री गर्दा उत्पादनमा कमी भएको उहाँले बताउनु भयो । बालीनालीको कुनै मल्य नभएको उल्लेख गर्नु हुँदै व्यापारीले लगाएको मुल्य मै घाटा सहेर बेच्नु पर्ने बाध्यता रहेको यादवले बताउनु भयो । सखुवानन्कारकट्टी गाउँपालिकाका स्थानीय रहमुल राइनले हामी कृषकहरुले सहुलीयत दरमा मल र विउँ नपाएको बताउनु भयो । गंगाप्रसाद यादवले सिंचाइँ र खाद्यको व्यवस्था हुनु पर्ने उल्लेख गर्दै गाउँपालिकामा बजार संकलन केन्द्र नहुँदा उत्पादन गरेको समानको उचित मुल्य नपाएको गुनासो गर्नु भयो । कार्यक्रममा इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले खाद्यको अधिकार नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३६ मा राखिएकोले सबै नागरिकले सो अधिकार पाउनु पर्ने बताउनु भयो । सरकारसँग विज्ञ भएकोले समय समयमा किसानहरुको खेतको माटो परीक्षण गरी सोही अनुसारको मल बिउ समयमा उपलब्ध गराउनु पर्ने इन्सेक प्रदेश संयोजक पासवानले बताउनु भयो । आधुनिक कृषि प्रणालीको तालिमहरु प्रदान गरी बजार व्यवस्थापन र समय अनुसार कृषि उपजको उचित मुल्य निर्धारण गर्नु पर्ने उहाँले बताउनु भयो ।

 

राष्ट्रिय दलित समाज कल्याण संघ सिरहाका अध्यक्ष मोहन पासवानले स्थानीय सरकारको कृषि उत्पादनको लागि सहज बातावरण बनाउने दायित्व भएपनि मल विउँ, खाध खरिदको अधिकार केन्द्र्रलाई मात्र भएकोले इन्सेकले पहल गरी अधिकार प्रत्यायोजन गरी स्थानीय र प्रदेशमा ल्याउन पहल गर्नु पर्ने बताउनु भयो । यसैबिच इन्सेक मधेस प्रदेशको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेबार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत शिक्षाको अधिकार बारे सरोकारवालाहरु बीच शिक्षाको अधिकार बारे अन्तर्क्रिया कार्यक्रम बिष्णुपुर गाउँपालिकामा जेठ २३ गते सम्पन्न भएको छ । कार्यक्रमा बिष्णुपुर गाउँपालिका-३ का वडा अध्यक्ष जयकुमार यादवले शिक्षामा समस्या गाउँपालिकामा मात्र नभएर देश भरकै समस्या भएको बताउनु भयो । सामुदायिक विद्यालयमा अभिभावक र शिक्षक बिचको सम्बन्धमा सुधार नहुँदा शैक्षिक गुण्स्तरीयता नभएको उहाँले बताउनु भयो ।

विद्यालयमा राजनीति खिचातानीले व्यवस्थापन समिति गठन हुन नसक्दा दिवा खाजा सबै आधारभुत विद्यालयले नपाएकोले यो नीति खारेज गरी समान रुपमा दिवा खाजा दिनु पर्ने बताउनु भयो । गाउँपालिकामा शैक्षिक क्षेत्र सुधार गर्न पहल गर्ने उहाँले बताउनु भयो । आधारभुत विधालय र जोखरका प्रधानाध्यपक रामनरायण साहले गुणस्तरीय खाजाका लागि सरकारले अहिलेसम्म पुरानै दर रेट १५ रुपियाँ मात्र राखेकोले गुण्स्तरीय खाजा खुवाउन सम्भव नभएको बताउनु भयो । शिक्षक अभाव, शौचालयको कमी, सरसफाई तथा सेनेटरी प्याडको व्यवस्था नभएको सहभागी विद्यार्थीहरुले बताउनु भएको थियो ।

दुर्गा परियार