गण्डकीमा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन

कास्की । २०७९ माघ ८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीद्धारा माघ ८ गते पोखरामा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । कास्कीको मादी गाउँपालिका र माछापुछ्रे गाउँपालिका तथा नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका र देवचुली नगरपालिकामा गठित मानव अधिकार समूहको प्रदेश भेलामा अध्यक्षमा माछापुच्छे« गाउँपालिका ७ का डिल्लीराम भण्डारीलाई चयन हुनुभएको छ । उपाध्यक्षमा मध्यविन्दु नगरपालिका १२ का भुपालाल अर्याल, सचिवमा देवचुली नगरपालिका ७ का कृष्ण वि.क., कोषाध्यक्षमा प्रेमकुमारी अधिकारी, सहसचिवमा ऋषिराम सापकोटा चयन हुनभएको छ । सुनिता परियार, भिमबहादुर वि.क., निशा चौधरी, खेम पुरी, दिलु पुन, रुद्रनाथ अधिकारी, राजकुमार वि.क.र सपना परियार सदस्यमा चयन हुनुभएको छ । त्यस्तैे मानव अधिकार सञ्जालको पहिलो बैठक फागुन ७ गते पोखरामा गर्ने भेलाले निर्णय गरेको छ ।

 

कार्यक्रममा मानव अधिकार समूह गठन भएदेखि समूहले हाल सम्म गरेका क्रियाकलापका बिषयमा जिल्लागत प्रस्तुति तथा इन्सेकका फोकल पर्सन सवनम शर्माले सञ्जाल गठनको अवश्यकताका बारेमा प्रस्तुति राख्नुभयो । कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले प्रदेश स्तरीय मानव अधिकार संजालका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिदै मानव अधिकार संरक्षण र सम्बर्दनमा मानव अधिकार संजालको महत्वपुर्ण भुमिका हुने हुदा स्थानिय सरकारलाई मानव अधिकारप्रति संवेदनशिल र जवाफदेही बनाउन निरन्तर क्रियाशिल रहन सझाव दिनुभयो । उहाले, समाजमा थुप्रै मानव अधिकारका सवालहरू रहेकोले त्यस्ता सवालहरूको पहिचान गरी स्थानिय तहमा समाधान हुन नसक्ने सवाललाई प्रदेश सरकार समक्ष ल्याउने र समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउन पुलको काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नारायण क्षेत्री