गाउँपालिका स्तरिय निगरानी समुह गठन गर्न माग
कास्की
०७५ चत्रै २९ गते ।
अन्नपूर्ण गाउँपालिका स्थित वडा नं ६ र ७ लुम्लेका स्थानियहरुले गाउँपालिका स्तरिय निगरानी समुह गठन गर्न माग गरेका छन् ।
चैत्र २८ गते लुम्लेमा भएको मानवअधिकार निगरानी समुहको वैठकमा बोल्दै वडा नं ६ का मानवअधिकार निगरानी समुहका अध्यक्ष गोपल देवकोटाले गाउँपालिकाको योजना , निति र कार्यहरुलाई प्रभावकारी बनाउन निगरानी आवश्यक रहेकाले गाउँपालिका स्तरिय मानवअधिकार निगरानी समुह गठन गर्नपर्ने धारण राखे ।
‘केही वडाहरुमा गठन भएको छ नागरिकहरुको निगरानी पछि कामहरु प्रभावकारी भैरहेका छन् अब बाँकी वडा र गाउँपालिका स्तरिय गठन गरि गाउँपालिकाको कामहरुमा नागरिकहरुको निगरानी बढाउनु पदर्छ’,उनले भने ।
वडा नं ६ दलित महिला सदस्य सेती बिकले मानवअधिकार निगरानी समुहका कार्यक्रमहरु उपलव्धी मुलक रहेका र वैठकमा उठेका विषयहरुलाई सम्बन्धी स्थानमा पुर्याउने प्रतिवद्धता व्यक्त गरिन् ।
उनले शिक्षा स्वास्थ्य र खाद्य अधिकारका विषयमा गाउँपालिकाभरि नै सचेतना कार्यक्रम गरिनुपर्ने भनाई राखिन् । वडा ६ का अध्यक्ष चन्द्र बहादुर गुरुङले गाउँपालिका स्तरिय निगरानी समुह गठनका लागी पहल गर्ने बताए । स्थानिय एकदेव देवकोटा गाउँपालिकामा स्वास्थ्य विमाका बारेमा सचेतना कार्यक्रम गर्न आग्रह गरे ।
‘स्वास्थ्य विमा निकै राम्रो कार्यक्रम हो तर स्थानियहरुलाई यसबारे ज्ञान छैन यसबारे गाउँपालिका र निगरानी समुह मिलेर सचेतना कार्यक्रम गरौं’,देवकोटाले भने ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण देवकोटाले अधिकारका र कर्तव्यका विषयहरु संगसंगै लैजानु पर्ने धारणा राखे ।
उनले नागरिकहरुलाई स्वस्थ खानेपानीको सुविधा निरन्तर रुपमा उपलब्ध गराउनुपर्ने बताए । कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यक्रम अधिकृत सवनम शर्मा सहजिकरण गरेकी थिइन् ।
सुशन घिमिरे ।