गृह पृष्ठइन्सेक गतिविधिहरू मानव अधिकर समूह र मानव अधिकारकर्मीसँग वातावरणीय अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

कैलाली । २०८१ साउन १० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकर समूह र मानव अधिकारकर्मीसँग वातावरणीय अधिकारसम्बन्धी अन्तरक्रिया कार्याक्रम साउन १० गते धनगढीमा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीले मानव अधिकार समूहले आआफ्नो क्षेत्रमा महत्वपूर्ण कार्यहरु गर्दै आएको भए पनि मानव अधिकारसँगसम्बन्धीत सूचनाहरुलाई अभिलेख गर्ने आवश्यक भएको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग, धनगढीका प्रमुख हरी ज्ञवालीले बाढी तथा पहिरोबाट प्रभावितहरुको संरक्षण गर्ने क्रममा मानव अधिकारको दृष्किोणले बालबालिका, बिरामी, ज्येष्ठ  नागरिक, गर्भवती तथा सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष महत्वका साथ संरक्षणको आवश्यकता पर्ने बताउनु भयो ।

पुर्नवास नगरपालिकास्तरीय मानव अधिकार समूहका प्रतिनिधि रुपेश खरेलले बाढीका कारण १ सय ७९ घर दुवानमा परेको, तीन बालिकाको मृत्यु भएकाले र भागेश्वर सुगर मिलको केमिकलका कारण किसानहरुको उखु र रोपेको धान नष्ट भएको बताउनु भयो ।

गौरीगंगा नगरपालिकामा रहेका विभिन्न नदी कटानीका कारण रुखविरुवाहरु नष्ट भएकाले नदी नियन्त्रण गर्न आवश्यक रहेको गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समूहका अध्यक्ष टेकराज ओझाले बताउनु भयो ।

मानव अधिकार समूहका अध्यक्ष सोमनाथ रानाले लालझाडी गाउँपालिकामा असार २४ गते आएको बाढीले नदीले बाँध फुटाएर गाउँमा पस्दा दुवान भएकाले मानव अधिकार समूहको पहलमा स्थानीय सरकार र स्थानीयहरुको सहयोगमा बस्ती जोगाउन कट््ठामा बालुवा भरेर बाँध निर्माण गरिएको बताउनु भयो ।

मानव अधिकार समूहका अध्यक्ष गोविन्दप्रसाद सापकोटाले बेलौरी नगरपालिका वडा नम्बर ५, ८ र १० का बाढी प्रभावितहरुको तथ्याङ्क संकलन गरी मानव अधिकार समूह र स्थानीय तहले राहत र क्षतिपुर्तिका लागि पहल भइरहेको बताउनु भयो ।

मानव अधिकार समूहका अध्यक्ष मानबहादुर चौधरीले कैलारी गाउँपालिका वडा नम्बर ३,४,५ र ७ मा रहेका सबै गाउँ डुवानमा परेकाले गाउँपालिकाद्वारा राहात वितरण कार्य भएको बताउनु भयो ।

सिविन नेपालका हरीलाल चौधरीले वेलडाडी र पुर्नवासमा बाढी प्रभावित क्षेत्रका पीडतहरुलाई मनोसामाजिक परामर्शका लागि काउन्सरहरु पठाएको बताउनु भयो ।

पत्रकार महासंघका सचिव प्रेम चौधरीले मोहना नदीमा पुल नहुँदा वर्षायाममा बालबालिका विद्यालय जान समस्या हुने गरेको र बिरामी, ज्येष्ठ नागरिक, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या हुने गरेको बताउनु भयो ।

मैनामोती चौधरी