जङ्क फूड खाने बानी: स्वास्थ्यमा हुन्छ हानी विषयक सडक नाटक सम्पन्न

मकवानपुर । २०८१ जेठ ३२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-५ चौमपुर स्थित श्री पुजा जागृति मावि चैनपुरमा गठन भएको बाल अधिकार समूहद्वारा जेठ ३२ गते जङ्क फूड खाने बानी: स्वास्थ्यमा हुन्छ हानी भन्ने सचेतना मुलक नाटक प्रर्दशन सम्पन्न गरेको छ ।

विद्यार्थीहरूले अहि‌लेको समयमा धेरै जसो जङ्क फुड प्रयोग गरेको र जङ्क फूड खाने बानीले गर्दा घरमा बनाएको खानेकुरा नखाने र त्यसले मानव स्वास्थ्यमा पर्ने असर बारे बाल अधिकार समूहका सदस्य भाइ बैनीहरूले नाटक मार्फत प्रदर्शन गरेका हुन् ।

         

श्री प्रजा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले अंगत लामाले जङ्क फूडके विषयमा प्रस्तुत गरेको नाटक समय सान्दर्भिक भएको बनाउनु भयो । उहाँले पछिल्लो समयमा बालबालिकाहरूमा बढ्दो रूपमा जङ्क फूडको प्रयोगले उनीहरूको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्नुका साथै बढी खर्चालु भएको बताउनु भयो ।

नाटकमा जङ्क फूडको प्रयोगपछि बालबालिकाले घरमा बनेको खाना नखाने गरेको समस्यालाई प्रस्तुत गरिएको छ । साथै जङ्क फूडमा बानी परेका बालबालिकाका अभिभावक पनि सजिलो र छिटो तयारी हुने बहानामा स्वस्थ्यवर्धक पोषण युक्त खाना बनाउन र खुवाउने चलन हट्दै गएको विषयलाई नाटकमा उल्लेख गरेर यसले स्वास्थ्यमा पार्ने असर बारेमा पनि प्रस्तुति गरिएको बाल अधिकार समूहका अध्यक्ष अर्पण प्रजाले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर प्रजाले बालबालिकामा मात्र हैन गाउँघरमा पनि जङ्कफूडको प्रयोग बढ्दै गएको हुँदा बालबालिकामा मात्र नभएर अभिभावकहरूमा पनि स्वास्थ्य समस्या आउन बताउनु भयो । उहाँले प्रस्तुत नाटकले बालबालिकामा सकरात्मक सचेतना फैलाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नु भयो ।

पुष्पराज अधिकारी