जनता र जानकी माविमा बाल अधिकार समूहको गठन

बाँके । २०७९ असोज ७ गते

इन्सेकको आयोजनामा जनता मावि कपिलवस्तु र जानकी मावि बाँकेमा असोज ६ गते बाल अधिकार चेतना समूहको गठन भएको छ । बाँके प्रतिनिधि लक्ष्मी थारूका अनुसार जानकी गाउँपालिका– ४ खजुराखुर्दस्थित जानकी माविमा रोहित प्रजापतिको अध्यक्षतामा २५ सदस्यीय बाल अधिकार चेतना समूह गठन भएको छ । बालबालिकाहरूको विद्यालय स्तरदेखि नै आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारको सचेतना र अधिकारको वकालत गर्न सक्षम बनाउन बाल अधिकार समूहको गठन गरिएको इन्सेक नेपालगञ्जकी कार्यक्रम अधिकृत सरस्वती मल्लले बताउनु भयो । जानकी माविका प्रधानाध्यापक लक्ष्मण आचार्यले मधेशी, मुस्लिम समुदाय भएकोले मानव अधिकारको सवालमा सचेतना जरुरी रहेकोले बताउनु भयो ।

 

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार इन्सेक कपिलवस्तुको आयोजनामा असोज ६ गते मायाँदेवी गाउँपालिका–५ स्थित जनता मावि बलुहवामा अष्टिमा चौधरीको अध्यक्षतामा २५ सदस्यीय बाल अधिकार चेतना समूह गठन भएको छ । जसको उपाध्यक्षमा अब्दुल समद , सचिवमा अञ्जनी यादव, सह सचिवमा उसमान अजमत र कोषाध्यक्षमा फूलकुमारी धोवी चयन भएका छन् ।  सदस्यहरूमा दशरथ तेली , राज पासी , राम नरेश कहाँर,  , पुनिता यादव , अर्चना रैदास , नाजमा खातुन , रोशनी रैदास , लक्ष्मी चौहान , अमित तिवारी , निलम जयसवाल , मालती पासवान , ममता कहार, सोन्या तिरया यादव , शिवगणेश गिरी लगायत चयन भएका छन् भने मोहम्मद कयुम मुसलमानलाई संरक्षक शिक्षकमा चयन गरिएको छ । कार्यक्रममा मायाँदेवी गाउँपालिका –५ का वडा अध्यक्ष राघवेन्द्र प्रसाद पाण्डेयले बालबालिकाहरूको अधिकार सुनिश्चितताकालागि बाल अधिकार समूह गठन स्वागत योग्य भएको बताउनु भयो । समाजमा हुने बिकृति , बिसंगती र कुरितीलाई न्यूनिकरण गर्न बाल अधिकार समूहको अहम भूमिका हुने बताउँदै बिद्यालय र घरदेखि समाज सम्म बालबालिकाहरूको अभियान सञ्चालन हुन जरुरी भएको बताउनु भयो । जनता माविका प्रधानाध्यापक रामनिवास चौहानले बाल बालिकाहरूका समस्या समाधानकालागि बिद्यालयको पूर्ण सहयोग रहने बताउनु भयो । ग्रामिण क्षेत्रको बिद्यालय छनोट गरी बाल अधिकार चेतना समूह गठन गरेकोमा इन्सेकलाई धन्यवादसमेत दिनु भयो । चौहानले घरेलु हिंसा , छुवाछुतलगायतका विभिन्न हिंसाहरूलाई न्यूनिकरण मद्दत पुग्ने अपेक्षा गरेको बताउनु भयो ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज