जातीय भेदभाव तथा लैङ्गिक हिंसाविरुद्ध सडक नाटक प्रदर्शन

दैलेख । २०८१ जेठ ३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा दुल्लू नगरपालिका– ७  स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किर्तिखम्बमा गठित बाल अधिकार समूहको समन्वयमा  जेठ ३ गते  जातीय भेदभाव तथा लैङ्गिक हिंसाविरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।

   

दुल्लू नगरपालिका बाल अधिकार समूहले अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा जातीय भेदभाव र लैङ्गिक हिंसाले समाजमा भएको कुरीति अन्त्य गर्न सचेतना जगाउन सडक नाटक प्रदर्शन गरिएको मानव अधिकार शिक्षा कार्यक्रमका जिल्ला सहजकर्ता कलम नेपालीले जानकारी दिनुभयो । समाजको चेतना अभावमा कायम रहेको जातीय भेदभाव तथा लैङ्गिक हिंसाविरुद्ध सडक नाटक प्रदर्शन कार्यक्रमले विद्यालय र समुदायमा सचेतना बढाउन सघाउ पुग्ने  नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किर्तिखम्बका प्रधानाध्यापक हिरा खड्काले बताउनुभयो।

अमर सुनार