![DSC_0136-2 DSC_0136-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0136-2.jpg)
![DSC_0084-2 DSC_0084-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0084-2.jpg)
![DSC_0072-2 DSC_0072-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0072-2.jpg)
![DSC_0813 DSC_0813](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0813.jpg)
![DSC_0808 DSC_0808](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0808.jpg)
![DSC_0783 DSC_0783](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0783.jpg)
![DSC_0774 DSC_0774](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0774.jpg)
![DSC_0762 DSC_0762](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0762.jpg)
![DSC_0759 DSC_0759](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0759.jpg)
म्याग्दी । २०७७ मङ्सिर २६ गते
जातीय हिंसाबाट जनप्रतिनिधिहरू पनि पीडित रहेको भन्ने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा बेनीमा आयोजित एक कार्यक्रममा कार्यक्रमको सहभागीले बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको संयुक्त आयोजनामा बेनीमा आयोजित जातीय विभेद र कोभिड–१९ ले महिलामा पारेको असर विषयक अन्तरक्रिया कार्यक्रममा बेनी नगरपालिकाकी कार्यपालिका सदस्य गोरी दर्जीले आफू पटकपटक जातीय विभेदको शिकार भएको बताउनुभयो । कार्यपालिका सदस्य भएर गएका कार्यक्रमहरूमा पनि विभेदको सामना गर्नुपरेको उहाँको भनाइ थियो ।
‘बेनी नगरपालिका भित्र रहेको मन्दिरमा आफूहरूलाई बोलाएकोमा गए तर त्यहाँ मलाई टिका समेत लगाउन मानेन, यो विभेद नभए के हो ?’ –उहाँले भन्नुभयो – मलाई कुटानीपिसानी गर्ने मिलमा पनि विभेद भोग्न परेको छ ।’ संविधानसभाका सभासद नवराज शर्माले म्याग्दीमा पछिल्लो समयको तथ्याङ्कलाई हेर्ने हो भने महिला र पुरूष दुवै नै हिंसाको बराबर शिकार भएको देखिने बताउनुभयो । ‘अदालत तथा प्रहरीमा परेका उजुरी हेरेर केलाउने हो भने पुरूषलाई पनि हिंसाको धेरै भएका छन् ।’ –शर्माले भन्नुभयो –‘मानव निर्मित विभेद हटाउनका लागि समय लाग्न सक्छ, त्यसैले त्यसको खाडल पुर्न सबैले पहलको कदम चाल्नुपर्ने हुन्छ ।’ कुनै पनि समस्या समाधान गर्न सामाजिक रूपमै निरूत्साहित गर्दै जानुपर्ने शर्माको धारण थियो । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले कानुनी रूपमा व्यवस्था भएको भएपनि व्यवहारमा उतार्न नसक्दा समस्या रहेको बताउनुभयो । उहाँले सबै चिज एकैपटक निर्मुल हुने भन्दा पनि बिस्तारै कम हुँदै जाने भएकोले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले हालसम्म अन्य जिल्लाहरूको तुलनामा म्याग्दीमा हिंसाका घटनाहरू कम भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘पश्चिम नेपालभन्दा म्याग्दीमा हिंसा निकै कम छ तर पनि यसलाई पनि न्यूनिकरण तर्फ लानुपर्छ । बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले विभेद आफैभित्र पनि हुने भएकाले विभेद अन्त्यका लागि हामी सबैले पहल गर्नुपर्ने बताउनुभयो । सुवेदीले भन्नुभयो –‘नगरपालिकाको कार्यापालिका मार्फत बरू अब छुवाछुतु मुक्त नगरपालिका निर्माणका लागि पहल गरिने छ ।’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका सव इन्स्पेक्टर चेतनाथ चापागाइँले कुनै पनि घटनाको रिटपूर्वकको जाहेरी परेमा कारवाही प्रक्रिया अगाडि बढ्ने र त्यसका लागि सिङ्गो सङ्गठन लागि परेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले कोभिडले मध्यम वर्गलाई बढी पीडित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो कोभिड–१९ का कारण कृषक तथा उच्च घरानीयाहरूलाई समस्या नभएको भएपनि निम्न वर्गका मजदुरहरूलाई समस्या भएको बताउनुभयो । बेनी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठले विभेद अन्त होइन आफै भित्र रहेकोले पहिला आफै लाई सुधार गर्ने हो भने मात्रै अवस्था सुधार हुने बताउनुभयो । उहाँले कोभिड–१९ को राहत लिनका लागि महिलाहरूको सङ्ख्या धेरै आएको भन्दै अब परिवर्तनका कुराहरू व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । नागरिक समाज म्याग्दीका संयोजक सुदर्शन कुमार श्रेष्ठले चुनौतीले अवसर सिर्जना गरेको बताउँदैसँगै बसेर चिया पिउनेरूलेसँगै बसेर भात खान पनि हिम्मत गर्नुपर्ने बताउनुभयो । गैसस महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेलले क्वारेण्टाइनमा समेत विभेद भएको विगतको अवस्थाले जातीय विभेदको अवस्था बारेमा यथार्थ चित्रण गरेको बताउनुभयो । मानवअधिकार तथा शान्ति समाजका पूर्व सभापति मुक्तिप्रसाद ढुङ्गानाले जातीय विभेद र कोभिड–१९ ले महिलामा पारेको असरका बारेमा प्रस्तुत गर्नुभएको थियो ।
अमृतप्रसाद पौडेल