जानकी गाउँपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
बाँके । २०७९ कात्तिक २ गते
इन्सेक र मानव अधिकार समूहको आयोजनामा असोज ३१ गते जानकी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गि विभेद सम्बन्धी समस्या पहिचान तथा योजना बैैठक सम्पन्न भएको छ । बैठकमा विद्यालयमा सेनटरी प्याडको व्यवस्था नहुनु, अधिकांश विद्यालयमा शौचालय नहुनु, मदरसा सञ्चालनमा नहुनु , विद्यालयमा डेस्क, बेन्च, कार्पेट र टेबुल नभएको, दिवा खाजा जंगफुड प्रयोग गर्ने गरेका समस्या पहिचान गरिएका छन् । यसैगरी, स्वास्थ्य सचेतना नहुनु, स्वास्थ्य संस्थामा प्रयाप्त औषधि नहुनु, १० देखि ५ बजेसम्म कर्मचारी नबस्नु, बथिङ्ग सेन्टर नहुनु, खानेपानी चेकजाँच नहुनु ओडीएफ घोषणा भएपनि घरमा शौचालय नहुन साथै फोहोर व्यवस्थापन नहुनु कर्णाली डिस्लरी र अम्बेस्टीलले प्रदुषण गरेको, जातीय विभेद, लैंङ्गिक विभेद ,बाल विवाह जस्ता समस्या रहेको सहभागिहरूले औल्याएका थिए । समुहले पहिचान गरेका सवालको समाधानका लागि वडा स्तरमा विद्यालय र स्वास्थ्य संस्थाको अनुगमन गर्ने, पहिचान गरेका समस्यालाई सम्बन्धीत निकाय तथा गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाउने र मानव अधिकार समूहको सदस्यले वडाको गतिविधि प्रत्येक बैठकमा प्रस्तुत गर्ने योजना बनाएको समूहका संयोजक महोमद जहिर शेषले बताउनु भयो ।
लक्ष्मी थारू