जिल्ला प्रतिनिधि तथा वार्षिक सम्पादन भेला सम्पन्न
मोरङ। २०७७ पुस १२ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा पुस १०, ११ र १२ गते जिल्ला प्रतिनिधि भेला तथा वार्षिक सम्पादन बैठक सम्पन्न भएको छ । सम्पादन भेलामा प्रदेश १ अन्तरगतका जिल्लाहरूमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सन् २०२० को जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमा सम्पादन गरिएको छ कार्यक्रममा इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाले नेपाल मानव अधिकार वर्ष पुस्तक नेपालको मानव अधिकार अवस्थाको दस्तावेज भएकाले जिल्लामा अभिलेखीकरण गरिएका घटनाहरूमा आवश्यक सूचना सम्पादन गर्नका लागि सम्पादन भेलाको आयोजना गरिएको बताउनु भयो ।
इन्सेक केन्द्रीय कार्यालयकी गीता मालीले वर्ष पुस्तक प्रमाणिक सूचना र तथ्याङ्कका आधारमा प्रकाशन हुने भएकाले यसको महत्व वर्तमान समयसँगै भविष्यमा अझ् बढेर जाने बताउनु भयो । इन्सेक केन्द्रीय कार्यालयका रमेश तिमल्सिनाले जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूलाई अभिलेखीकरण गरी यथेष्ट सूचना प्रवाहमा जिल्ला प्रतिनिधिको भूमिका महत्वपूर्ण भएको बताउनु भयो । भेलामा उपस्थित जिल्ला प्रतिनिधिहरूले जिल्लाको मानव अधिकार अवस्थाका बारेमा जानकारी गराएका थिए ।
नेत्रप्रसाद अधिकारी