
दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
चितवन । २०७९ चैत १७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाको आयोजनामा चितवनको कालिका नगरपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम ०७९ चैत १६ गते शक्तिखोरमा सम्पन्न भयो । समापन कार्यक्रममा मानव अधिकार समूहका संयोजक तथा यस कार्याक्रमको अध्यक्षयता ग्रहण गर्नुभएका निर्मला थापाले मानव अधिकार उलङ्घन सम्बन्धी कार्यहरू न्यूनीकरण गर्न मानव अधिकार समूह लागि पर्ने बताउनु भयो । उहाँले मानव अधिकार समूहले स्थानीय जनता र स्थानीय तहबीच जहिले पनि पुलको काम गर्ने धारणा राख्नुभयो । समापन कार्यक्रमका प्रमूख अतिथि तथा कालिका नगरपालिका वडा न. ९ का वडा अध्यक्ष निलकन्ठ मगरले यो कार्यक्रम आफ्नो पालिकामा लागु भएकोमा खुसी व्यक्त गर्दै आफू सक्षम भएपछि मात्र समाजलाई मर्यादित र मानव अधिकार मैत्री समाज बनाउन सकिने बताउनु भयो । उहाँले मानव अधिकार समूहले आयोजना गर्ने कार्यक्रममा आफू पनि हातेमालो गर्दै अगाडि बढ्ने र कुनै पनि समस्या समाधान गर्दा कुनै अप्ठयारो आइपरेमा त्यसको समाधानको लागि आफ्नो वडा सधै तत्परताका साथ लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडा अध्यक्ष मगरले समूहका सदस्यहरुले लिएको तालिक आफूमा सिमित नराखेर पालिकाका सबै जन्तामाझ पुराउन पनि अनुरोध गर्नुभयो । त्यस्तै इन्सेक बागमती प्रदेश संयोजक गणेश भन्डारीले व्यक्ति सक्षम भए घर परिवार र घर परिवार संवृद्धि भए समाज र राष्ट्रलाई संवृद्ध बनाउन सक्छौँ यसको लागि हरेक व्यक्तिमा चेतनाको विकास हुनु आवस्यक रहेको बताउनु भयो । मानव अधिकार भनेको के हो रु नेपालको संविधानले व्यवस्था गरेको मौलिक हक अन्तर्गतका आर्थिक सामाजिक साँस्र्कतिक अधिकारको पहिचान र यसलाई कसरी अनुगमन गर्ने भन्ने कुरामा तालिम पश्चात मानव अधिकार समूहका पदाधिकारी सक्षम हुने लक्ष इन्सेकले लिएको उहाँले उल्लेख गर्नु भयो ।
यो पालिकामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्याजतीका धटनाहरूलाई कम गरी यो मानव अधिकार समूह मानव अधिकार मैत्री समाज निर्माण गर्न लागि पर्ने छ विश्वासका साथ तालिमको आयोजना गरेको पनि संयोजक भण्डारीले बताउनु भयो । इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले जनताको बोली बोल्नसक्ने वौद्धिक क्षमता भएको व्यक्तिले नेतृत्वदाई भूमिका निर्वाह गर्नसक्ने उल्लेख गर्दै नेतृत्व विकासका लागि आवश्यक ज्ञानका बारेमा प्रशिक्षण दिनु भएको थियो । इन्सेक बागमती प्रद्रेश कार्यालयका कार्यक्रम अधिकृत बालुका न्यौपानेले मानव अधिकार भनेको स्वतन्त्रता समानता र न्यायको संघम थलो भएको बताउनु भयो । उहाँले हुनत लोकतान्त्रिक शासन पद्धतिमा राज्यलाई मानव अधिकारको संरक्षक मानिन्छ तर सर्वसाधारण जन्ताहरूले त्यसको अनुभूति गर्न पाइरहेका छैनन् भन्ने धारणा उहाँको थियो । साथै उहाँले यस पालिकामा मानव अधिकारको अनुभुति गर्न यो कार्यक्रमले सहयोग पुर्याउने छ भन्ने विश्वास व्यक्त गर्नुभयो । कार्याक्रममा मानव अधिकार समूहका पदाधिकारी, सदस्य र सरोकारवालाहरूसहित २५ जनाको सहभागीता रहेको थियो । मानव अधिकारको ऐतिहासिक विकासक्रम, नेपालको संविधानमा भएका मौलिक हक र नागरिकको कर्तव्य, महिला तथा बाल अधिकार अन्तर्गत समाजमा हुने घरेलु हिंसाको पहिचान र कानुनी उपचार, नेतृत्व विकासका लागि आवश्यक ज्ञान लगायतका विषयबारे तालिममा सहजिकरण गरिएको अधिकृत न्यौपानेले बताउनु भयो ।
दिपेन्द्र अधिकारी