देवचुली नगरपालिकामा मानव अधिकार समूह गठन

नवलपरासी (सुस्ता पूर्व) । २०७९ असोज ६ गते

देवचुली नगरपालिकामा मानव अधिकार समूह गठन गरिएको छ । इन्सेक गण्डकी प्रदेशको आयोजनामा भएको भेलाबाट कृष्ण बिकको संयोजत्वमा ११ सदस्यीय मानव अधिकार समूह देवचुली नगर समिति गठन गरिएको हो । समितिको सदस्यमा शालिकराम पुरी, गनबहादुर राना, शिवप्रसाद पराजुली, मिना अधिकारी, मिना थापा सापकोटा, राधा बोटे, अजय थनेत, सुभास ओझा चयन गरिएको छ । कार्यक्रमका देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपालेले समाज परिवर्तनका लागि मानव अधिकारकर्मीहरूको अहम् भूमिका भएको बताउनु भयो । इन्सेकले देवचुलीमा सञ्चालन गर्न लागेको मानव अधिकार शिक्षा कार्यक्रमलाई नगरपालिकाबाट आवश्यक सहयोग रहने नगर प्रमुखले बताउनु भयो ।

प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले मानव अधिकारका क्षेत्रमा इन्सेकको महत्वपूर्ण भूमिका खेलिरहेका सन्दर्भमा देवचुली सञ्चालन गर्न लागेको परियोजनाबाट मानव अधिकारकर्मी उत्पादन गर्न र मानव अधिकारको बारेमा समुदायमा सचेतनाप्रवाह गर्न सहज हुने बताउनु भयो । देवचुली नपा–९ का वडा अध्यक्ष बलिराम सापकोटाले नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिँदै मानव अधिकारकर्मीहरूको साथ र सहयोग अपरिहार्य रहेको बताउनु भयो । समुहका नवनिर्वाचित अध्यक्ष कृष्ण बिकले आफ्नो कार्यकालमा स्थानीय तह र सरोकारवालासँग समन्वय र सहकार्य गर्दै मानव अधिकार समूहलाई प्रशंसनीय कार्यहरूसहित अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

तिर्थराज डुम्रे