नगरपालिकाको नीति तथा कार्यक्रममा मानव अधिकारलाई सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र

बाग्लुङ । २०८० असार ७ गते

बागलुङ नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मानव अधिकार संरक्षण र सम्बर्द्धनको कार्यक्रमलाई सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । बागलुङ इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले ०८० असार ६ गते नगरपालिकाका उपप्रमुख राजु खड्कालाई ज्ञापनपत्र बुझाउँदै नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मानव अधिकार संरक्षण र सम्बर्द्धनको कार्यक्रमलाई सम्बोधन गर्न माग गर्नुभएको थियो ।

ज्ञापनपत्र बुझ्दै उपप्रमुख खड्काले आगामी वर्षको कार्यक्रममा मानव अधिकारका विषयलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेरै नगरपालिकाको महिला तथा बालबालिका सेवाकेन्द्रमा सेवा लिएका हिंसा पीडित महिला, बालबालिकाको लागि मानव अधिकार र जीविकोपार्जनका लागि तालीम सञ्चालन गरिने बताउनुभयो । उहाँले मानव अधिकार सम्बन्धी पाचाैँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि नीति बनाएरै कार्यक्रम गरिने बताउनुभयो ।

सिर्जना पन्त