नगरस्तरिय मानव अधिकार रक्षक सञ्जाल गठन
सुर्खेत । २०७८ माघ १२ गते
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा माघ ११ गते वीरेन्द्रनगर नगरपालिका स्तरिय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । नगरपालिकाका १६ वटा वडालाई दुई भागमा विभाजन गरेर वडा नम्बर १, २, ३ र १५ वडाबाट प्रतिनिधित्व हुनेगरी सुनिलकाजी गौतमको संयोजकत्वमा नौ सदस्यीय सञ्जाल गठन गरिएको मानव अधिकार रक्षक संरक्षण सवाल सम्बोधन कार्यक्रमका संयोजक किरण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सहसंयोजक सत्य भट्टराई र सदस्यमा सम्झना सुनार, दिर्घराज छन्तेल, मिना बोहोरा, सत्य भट्टराई, जमुना राजी, सुक्मा नेपाली, रोशनी विश्वकर्मा, सुश्मा विश्वकर्मा रहनुभएको छ ।
त्यस्तै, वडा नम्बर ४, ५, ६, ८, र ११ समेटेर भिमबहादुर परियारको संयोजकत्वमा ७ सदस्यीय सञ्जाल गठन गरिएको छ । जसको सहसंयोजकमा मालती विक, रत्ना विक, सञ्जुमाया चौधरी, टिका सुनार, भिमबहादुर परियार, विपना विश्वकर्मा, अनिता बसेल लगाएत सदस्य रहनुभएको छ । छुटेका वडालाई समेटेर दुइवटा सञ्जालमा थप गरिने र सञ्जालको सशक्तिकरण गरिनुका साथै मानव अधिकार सुरक्षित गर्नका लागि सहयोग पुग्ने संयोजक पौडेलले जानकारी दिनुभयो । इन्सेक प्रदेश कार्यालयका फोकल पर्सन दुर्गा थापाले कार्यक्रमको सहजिकरण गर्दै मानव अधिकार र दलित तथा महिलाहरूको क्षेत्रमा अधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सञ्जालको कर्णाली प्रदेश संयोजक पिताम्बर ढकालले मानव अधिकारबाट विमुख भएका व्यक्तिहरूलाई अधिकार रक्षा गर्न त्यस्ता व्यक्तिहरूको सञ्जाल गठन गरिएको बताउनुभयो । विशेषगरी महिला र बालबालिकाको क्षेत्रमा मानव अधिकार हनन्का घटना भइरहेकाले अधिकार संरक्षणका लागि सञ्जाल लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल सुर्खेतको संयोजक शर्मिला विसी लगायत अधिकारकर्मीको सहभागिता रहेको थियो ।
पूर्णबहादुर खड्का