नागरिक सङ्घसंस्थाका नीतिगत समस्याहरूको बारेमा छलफल सम्पन्न
काठमाडौँ । २०७७ पुस १० गते
नागरिक सङ्गठन (सङ्घसंस्था) का नीतिगत सरोकार र कार्य वातावरण छलफल कार्यक्रम पुस १० गते काठमाडौँ सम्पन्न भएको छ । कार्यक्रममा समाज कल्याण परिसदका सदस्य सचिव पुस्कर खातीले सामाजिक सङ्घसंस्थाहरूले भोगेका समस्याहरूको समाधानका लागि निरन्तर लागिपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय परिषदका कार्यहरू सुशासनको प्रक्रियामा लागेकोले सम्पूर्ण कामहरू प्रविधिमैत्री रूपमा अघि बढेको उल्लेख गर्नुभयो । सदस्य सचिव खातीले सस्था दर्ता तथा नविकरण कार्यहरूलाई सहजता प्रदान गर्ने आफूहरूको मुख्य उद्देश्य रहेको र काठमाडौँ बाहिरबाट कम्पन्नी दर्ता कै लागि फाइल बोकेर धाउनुपर्ने बाध्यताको समेत अन्त्य गरिएको दाबि गर्नुभयो । उहाँका अनुसार काम गर्दै अगाडि बढ्दै गर्दा नागरिक सँगसस्थाहरू पनि स्वनिर्भर भने हुनुपर्ने तथा गैरसरकारी संस्थाहरू गैरनाफामूलक बन्न नहुने बरु नाफाहरू विरतणमुखी हुनु हुँदैन । समाज कल्याण परिषदले तेस्रो पक्षीय अनुगमनका लागि बिभिन्न विश्वविद्यालयहरूसँग सहकार्य गरी मुल्याङ्कन तथा अनुगमनलाई प्रभावकारी बनाउने भन्दै खातीले परिषदले नयाँ सोच बनाइरहेको पनि जानकारी दिनुभयो । यस्तै कार्यक्रममा गैर सहकारी सस्था महासङ्घका अध्यक्ष जीतराम लामाले पछिल्लो ३० वर्षसम्म पनि नेपालमा नागरिक सङ्घसंस्थाहरूलाई सरकारले गर्ने व्यवहारमा परिर्वतन नआएको गुनासो गर्नुभयो । उहाँले गैरसरकारी सङ्घसंस्थाहरू दर्ता गर्न भन्दा पनि त्यसको नविकरणमा अझै झन्झटीलो प्रक्रियाले दुखः दिएको बताउनुभयो । मुल्याङ्कन तथा अनुगमनमा समाज कल्याण परिषदको पनि विभेदकारी भुमिका रहेको र अनुगमन तथा मुल्याङ्कनका लागि भनेर लिइने शुल्क पनि व्यवहारीक नभएको उहाँको भनाई छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नागरिक सङ्घ सस्थाहरू नै हातमा हात मिलाएर एकबद्ध भएर लाग्न सुझाव दिनुभयो । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कार्यकारी निर्देशक विजयराज गौतमले स्वागत मन्तव्य व्यक्त गर्दै समायानुकूल नियम कानुन बनाउने हो भने सङ्घसंथाले नविकरण लगायतका कार्यमा झन्झटिलो प्रकृया अपनाउनु पर्ने अवस्था नआउने बताउनु भयो । त्यस्तै कार्यक्रममा दलित गैरसरकारी सस्था महासङ्घका अध्यक्ष भक्त विश्वकर्माले संस्था जहाँ दर्ता भए पनि काम भने देशको जुनसुकै स्थानबाट गर्न पाउने किसिमको नियम ल्याउनमा आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा सहभागी चन्दा श्रेष्ठले समाज कल्याण परिषदमा पठाइएको फाइल खोज्न निकै समस्या पर्ने भएकाले त्यसतर्फ पनि सरोकोरवालाको ध्यान जान अनुरोध गर्नुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घका उपाध्यक्ष रमा ढकालले परिषदले प्रविधिमैत्री बनाएको भए पनि अपाङ्गमैत्री नभएको बताउनुभयो । ढकालका अनुसार देशमा १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । अर्का सहभागी प्रकाश भट्टटराईका अनुसार पछिल्लो समय समाज कल्याण परिषद र गैरसरकारी संस्थाहरू बीचमा नै द्वन्द्व रहेको र जसको प्रक्ष्यक्ष प्रभाव नागरिक सङ्घसस्थाहरूलाई परेको छ ।
विमला पौडेल