नागरिक समाज र संचारजगतबीच पैरवीका विषय अत्याधिक
धादिङ । ०७६ पुस ३ गते
नागरिक समाज र संचार जगतका लागि पैरवीका विषयहरु धेरै भएकोले यसलाई सामुहिक रुपमा पैरवीमा सहभागि हुनु पर्नेमा नागरिक समाजका अगुवाहरुले जोड दिएका छन् ।
ँज्क्ष्घटण् र ग्क्ब्क्ष्म् को साझेदारीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा गरेको पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत विकासका लागि नागरिक समाज र संचारजगत विच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिह नागरिक अगुवाहरुले धादिङबेसीमा आयोजि कार्यक्रममा ०७६ पुस ३ गते यस्तो कुरा बताएका हुन् ।
कार्गक्रममा गैर सरकारी संस्था महासंघका ३ नम्बर प्रदेशका अध्यक्ष दामोदर अर्यालले बालबालिकाको पढ्न पाउने अधिकार दिन दिनै हनन् भइरहेकोले सरकारले समेत ध्यान जानेगरि समाचार प्रकाशन प्रसारण गर्न संचारकर्मीहरुलाई आग्रह गरे ।
गैरसरकारी संस्था महासंघ धादिङका अध्यक्ष एक राज छत्कुलीले नागरिक समाज चेपुवामा परेकोले नियमित सम्वाद गर्दै साझेदारीमा पैरवीका काम गर्नु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघका सचिव राजाराम शर्माले नेपालमा नागरिक समाजको भूमिका कमजोर हुँदै हुँदा नागरिक समाज र पत्रकार चेपुवामा परेको बताए । नागरिक आवाज सुनिश्चितताका लागि मिडिया र नागरिक समाज संगसंगै पैरवी गर्नु पर्नेमा जोड दिए ।
पत्रकारिता समाजको ऐना हो, सममजमा भएका गलत क्रियाकलापलाई निरूत्साहित गर्न र सकारात्मक दिशामा लैजानु पत्रकारिताको धर्म हो । यसमा नागरपक समाज सूचनाको श्रोत बन्ने र नागरिक समाज र मिडियाको गन्तव्य एउटै भएकोले साझेदारीमा पैरवी सम्भव हुने धारण व्यक्त गरे ।
गैसस महासंघका सचिव शालिकराम दुवाडीले संचार क्षेत्रले राम्रो काममा साझेदारी र सुधारगर्नु पर्ने कुरामा खबरदारी गर्नु पर्ने बताए ।
अपांग महासंघका सदस्य गुणराज खतिवडाले जिल्लामा पैरवीको काम नियमित गर्नु पर्ने भएकोले स्थानीय सरकारलाई अपांगमैत्री संरचनामा जोड दिँदै सरकारहरुले सहायक सामाग्री स्थानीय सरकारले निशुल्क उपलब्ध गराउनु पर्ने माग गरे ।
ट्रान्सपरेन्सी इन्टरनेशनलका सानुबाबु तिमिल्सीनाले भूकम्प पीडिको समस्या समाधान नभएको, ज्वालामूखी गाउँपालिका–१ माा मात्र अझै ४ सय ३३ परिवारको सम्बोधन नभएकोले यसको पैरवी गर्न आग्रह गरे । दलित सेवा संघका अध्यक्ष श्याम मगरातीले स्थानीय सरकारहरुले नागरिक समाजलाई बेवास्ता गरेको आरोप लगाए ।
कार्यक्रममा यस अघिका छलफलमा आएका विषयमा समेत छलफल भएको थियो । गाडीभाडा समायोजन, बधशाला निर्माण, अपांगता लगायतकाहरुको समस्यामा ध्यानाकर्षण, स्थानीय सरकारहरु शुशासन निती बनाउन प्रतिवद्ध भएकोले एकतापूर्ण नागरिक समाजको आवस्यकता हेको डेक नेपालका शेरबहादुर भण्डारीले बताए ।
मानवअधिकार संगठनका अध्यक्ष सीाराम वर्मामाले नागरिक समाज र पत्रकारहरुको छलफल नियमित गर्न र यसको अगुवाई गैरसरकारी संस्थाहरुले गर्न आग्रह गरे ।
–––
सीताराम अधिकारी