निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण सम्पन्न

मोरङ । २०७९ कात्तिक २६ गते

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि इन्सेकमार्फत परिचालन हुने निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण कार्यक्रम कात्तिक २६ गते सहभागितामुलक र भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ । इन्सेकमार्फत निर्वाचन पर्यवेक्षणमा सहभागी हुने जिल्लाका पर्यवेक्षकलाई प्रदेश कार्यालयमा र जिल्ला बाहिरका पर्यवेक्षकलाई भर्चुअल माध्यमबाट निर्वाचन आचारसंहिता अनुगमनलगायतका विषयमा इन्सेक विराटनगर कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले अभिमुखीकरण गराउनु भएको छ । निर्वाचन अघि, मतदानका दिन र मतदानपछिको अवस्थाका विषयमा र पयेवक्षणको महत्व, आवश्वयता र औचित्यलगायतका विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको प्रलेख अधिकृत अधिकारीले बताउनु भयो ।

निर्वाचन पर्यवेक्षण निर्वाचनको आत्मा भएकाले मतदाताको भयरहित र निश्पक्ष ढङ्गले मतदानको प्रक्रिया अनुगमन तथा अवलोकन गर्न पर्यवेक्षका लागि आग्रह गरिएको छ । निर्वाचन अभिमुखीकरण कार्यक्रममा जिल्लाका १३ जना र जिल्ला बाहिरका ३८ जना सहभागी भएका थिए । निर्वाचन पर्यवेक्षण अभिमुखीकरणले निर्वाचनको प्रक्रिया, पर्यवेक्षकको भूमिका र दायित्वका विषयमा जानकारी भएको मोरङका पर्यवेक्षक प्रितम शाहले बताउनु भयो । निर्वाचनमा कर्मचारीको भूमिका,गर्भवती तथा सुत्केरी, महिला तथा ज्येष्ठ नागरिक आदिले मतदान कसरी दिए वा मतदानको प्रक्रिया, निर्वाचन आचारसंहिताको अनुगमनलगायतका विषयमा अभिमुखीकरण भएकाले जिल्ला बाहिरका पर्यवेक्षकलाई अभिमुखीकरण कार्यक्रम प्रभावकारी भएको पाँचथरका पर्यवेक्षक तथा अधिवक्त टिका तिम्सिनाले बताउनु भयो । इन्सेक प्रदेश १ कार्यालयले मङ्सिर ४ गते हुने निर्वाचन अघि, मतदानका दिन र मतदानपछिको समय गरी प्रदेशभर १ सय बढी पर्यवेक्षक परिचालन गरेको छ ।

विनोद सुवेदी