निशुल्क आँखा शिविरमा एक हजार बढीले सेवा लिए

कपिलवस्तु । २०७९ फागुन २१ गते

इन्सेक कपिलवस्तुको समन्वय तथा मानव अधिकारकालागि युवा मञ्च, बाणगंगा नगरपालिका –३ को आर्थिक सहयोगमा फागुन १९ र २० गते आयोजित आखा शिविरमा एक हजार भन्दा बढीले सेवा लिएका छन् । उक्त शिविर नेपाल नेत्र ज्योति संघ आखा स्वास्थ्य कार्यक्रम राप्ती तथा नारायणी आखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो । शिविरमा चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको संयोजकत्वमा वडा नं. ३ गंगौलियामा १ हजार २ सय ३५ जनालाई आखा परीक्षण गर्नुको साथै गराई निशुल्क औषधि वितरण तथा परामर्श लिएका छन् । यस्तै १ सय ६५ जनाले मोतिया विन्दुको निशुल्क अप्रेसन सेवा लिएका छन् भने न्यून दृष्टिका लागि ४ सय ५ जनालाई निशुल्क चश्माको सेवा दिइएको अस्पतालका आखा बिशेषज्ञ शुसिल कार्कीले जानकारी दिनु भयो ।

यस्तै चिफ मेडिक डाइरेक्टर डा. कटुवालले फागुन १९ गते ७१ र २० गते ९४ जना गरी १ सय ६५ जना बिरामीहरुको अप्रेसन गर्नु भएको हो । १ हजार २ सय ३५ जनामा ७ सय ७३ जना महिला र ४ सय ६२ जना पुरुषले निशुल्क सेवा लिएका छन् भने २ सय ५५ जना महिला र पुरुष १ सय ५० जनाले निशुल्क चस्मा प्राप्त गरेका छन् । धेरैजसो व्यक्तिहरूले पैसा नभएर उपचार पाएका थिएनन् भने घरबाट अस्पतालसम्म लैजानने व्यक्ति नभएका कारण उपचार गर्न नसकिएको सेवाग्राही गिता खत्री , ओमकला कडेंल र सुर्य रानालगायतले बताएका छन् । वडा नं. ३ का वडा अध्यक्ष टेकबहादुर झेंडी मगरले वडा वासीहरूका लागि निशुल्क आखा शिविर प्रभावकारी भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम तथा शिविरहरु आवश्यकता अनुसार सञ्चालन गर्ने बताउनु भयो । उपमेयर रिताकुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषाल ,स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल , प्रशासन शाखा प्रमुख केशवराज भट्टराई लगायतले शिविरको अनुगमन गर्नु भएको थियो

पार्वती आचार्य