नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व समीक्षा सम्पन्न

लमजुङ । २०७९ पुस १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लमजुङले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुष १३ गते सम्पन्न भएको छ । लमजुङमा एक वर्षको अवधिमा हत्या, बलात्कार, बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह लगायतका ९२ वटा मानवअधिकार हनन एवं ज्यादतीका घटनहरू अभिलेख गरिएको छ ।  इन्सेकले सङ्कलन गरेको तथ्यांक अनुसार सन् २०२२ जनवरी १ देखि डिसेम्बर २७ सम्मको अवधिमा यौन दुव्र्यवहारको घट्ना बढेको पाईएको छ । यस अवधिमा महिला तथा बालिका गरि ९ जना बलात्कारबाट पीडित भएका छन् ।  एक जना महिला बलात्कार प्रयासबाट र आठ जना बालिका यौन दुव्र्यवहारबाट पीडित भएका छन् ।  एक जनाको हत्या भएको छ भने हत्या प्रयास, अभद्र व्यवहार र जातीय छुवाछुतबाट पीडित भएका सूचना प्राप्त भएको छैन । त्यस्तै बहुबिवाहबाट दुई जना महिला पीडित भएका छन् भने मानव बेचबिखनबाट एक जना, घरेलु हिंसाबाट पाँच जना पीडित भएका छन् । लमजुङमा यो वर्ष ४० जनाले आत्महत्या गरेका छन् । आत्महत्याको अवस्था बिकराल बन्दै गएको छ   । सीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले कानुनको दायराको ख्याल गर्दै सम्मानजनक व्यवहार गर्न सकेमात्र मानवअधिकारको हनन नहुने बताउनु भयो । विविध समयमा विविध कारणले कानुनको फन्दामा परेका आरोपित व्यक्तिहरु छानविन पछि निर्दाेष सावित हुन सक्ने अवस्था रहेकाले उनीहरुको सामाजिक प्रतिष्ठामा आँच आउन सक्ने हुनाले उनीहरुलाई सार्वजनिक गराउने कुरामा पनि इन्सेकले सोच्नुपर्ने सुझाव दिनुभयो । त्यस्तै इन्सेकले मानवअधिकार उलङ्घन र ज्यादतीका घटनाहरुको अभिलेखलाई निरन्तरता दिईरहेको बताउँदै पुस्तकमा समेटिने सूचनाहरुलाई सत्यतथ्य बनाउन यो कार्यक्रमले मद्दत पु¥याउने पनि बताउनु भयो । 

  

बेसो अवसरमा जिल्ला समन्वय समिति लमजुङका उपप्रमुख बुनाकुमारी रिमालले मानवअधिकार वर्ष पुस्तकमा समेटिने तथ्यांक सत्यतथ्य र गोपनीयताका दृष्टिकोणले विश्वासिलो हुनुपर्ने बताउनु भयो । वर्ष पुस्तक हेर्दा जिल्लाको घटना र अपराधको अवस्था स्पष्ट देखिने भएकाले यो निकै महत्वपूर्ण दस्तावेज भएको पनि उहाँले बताउनु भयो । कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले मानवअधिकारको क्षेत्रमा इन्सेकले गरेको कार्यको प्रशंसा गर्दै जिल्लामा मानव अधिकार उलङ्घन तथा जघन्य आपराधिक घटना न्युन रहेको र यसलाई अझै न्युनीकरण गर्नमा सरोकारवाला निकायसँग समन्वय गर्ने बताउनु भयो । धेरैजसो हिंसाका घटना घरभित्र, आफन्त र चिनेजानेका बाटै हुने गरेको बताउदै १८ वर्ष मुनिको बालिकाहरु बढी जोखिममा हुने गरेको बताउनु भयो । त्यस्तै बहुबिवाह र बालबिवाह लगायत महिला हिंसाबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको बताउदै उहाँले मानवअधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा जि.प्र.का. लमजुङका निमित्त प्रहरी प्रमुख बुद्धिप्रसाद सुवेदी, गैरसरकारी संस्था महासंघका अध्यक्ष एवम् पूर्व इन्सेककर्मी दलबहादुर मजाकोटी, लमजुङ जागरण साप्ताहिककी सम्पादक तथा पूर्व इन्सेककर्मी कमला केसी, अग्रज पत्रकार नवराज पहाडी, ग्रामिण सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक विश्वनाथ घिमिरे लगायतले संंविधानले दिएको मानवअधिकार कार्यान्वयन गर्न र अपराध नियन्त्रणमा राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका अध्यक्ष सञ्चारकर्मी किसान संगीत नेपालीले कार्यक्रममा सहभागीले दिएका सल्लाह र सुझावका आधारमा वर्ष पुस्तक तयार हुने भएकाले रचनात्मक सुझाव दिनुपर्ने बताउनु भयो । जिल्ला स्थित सरोकारवाला निकायमा विभिन्न प्रकृतिका मानवअधिकार हनन् र उल्लंघनका घटना दर्ता भएकोमा ईन्सेकले तिनलाई लिपिबद्ध गर्न सफल भएको पनि उहाँले बताउनु भयो ।

प्रमोद अधिकारी